एकाबिहानै प्रचण्ड पुगे नेपालगन्ज,आजै दाङ जाने

बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  नेपालगञ्ज पुगेका छन् । नेकपा बाँके जिल्ला कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्ज आएका हुन । 

अध्यक्ष प्रचन्डलाइ स्वागतका लागि नेकपा बाँकेका नेता तथा कार्यकर्ता बाक्लाे संख्यामा  नेपालगन्ज बिमानस्थलमा पुगेका थिए । 

आजै दिउसाे १ बजे नेपालगन्जमा हुने कार्यक्रम र दिउसाे ३ बजे काेहलपुरमा हुने कार्यक्रम तय भएको नेकपा बाँकेका दिलिप साेनीले जानकारी दिए । साेनीका अनुसार  अध्यक्ष प्रचन्ड आज बाँकेकाे कार्यक्रम सकेर दाङ प्रस्थान गर्ने छन ।