नेपाली भाषामा छवटा नयाँ भाषा थपियो
नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ ।
पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम ९स्यार०, नुब्री ९लार्के०, पोइके र सेराके ९सेके० छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ ।
चुम ९स्यार० र नुब्री ९लार्के० दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ ।
नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ ।
आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।