जब इजलासमै भक्कानिए महरा, बाबुको खुट्टा समातेर रोए छोरा
काठमाडाैँ,अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै निवर्तमान सभामुख कृष्णबहादुर महरा इजलासमै भावुक बन्दै भक्कानिएका थिए । उनका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोएका थिए ।
अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै भने उनी इजलासमै भावुक बन्दै भक्कानिए । उनका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोए ।
काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरियाे । जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोप लागेपछि गएको असोज १९ गते पक्राउ परेका महरा प्रहरी हिरासतमा बस्नुपर्ने अवधिभर भने नर्भिक अस्पतालमा बस्दै आएका थिए ।
इजलासमा महराको पक्षमा बहस चलिरहेका बेला पीडित भनिएकी महिला रोशनी शाही आफूले पनि अदालतमा धारणा राख्न पाउनुपर्ने भन्दै इजलासमा पुगेकी थिइन् ।
न्यायाधीशले रोशनीलाई बोल्न नदिएपछि उनी महराका सहयोगीहरुको गाडीमा चढेर फर्किएकी थिइन् ।