बझाङमा हाइड्रोपावरको शुरुङमा फसेर ४ जना मजदुर बेपत्ता
प्रकासित मिति : २०७६ कार्तिक १८, सोमबार १२:३६
प्रकासित समय : १२:३६
चैनपुर,बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको शुरुङभित्र फसेर ४ जना मजदुर बेपत्ता भएका छन् । काम गर्नका लागि भनेर ३ वटा ट्याक्टर र एउटा जीपसहित आइतबार दिउँसो शुरुङभित्र छिरेका ६ जनामध्ये ४ जना मजदुर भित्रै बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार शुरुङभित्र फसेकाको उद्दारका लागि पटक पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन । शुरुङभित्र बेपत्ता हुनेमा दैलेख घर भएका कर्णबहादुर शाही, देलेखकै महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउँद र बझाङका शेरसिंह धामी छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शुरुङमा फसेकाहरुको उद्दारका लागि काठमाडौंबाट उद्दार टोली मगाइएको छ ।