प्रदेश प्रमुखमा सिफारिसः कुन प्रदेशमा को ?
प्रकासित मिति : २०७६ कार्तिक १८, सोमबार १७:३८
प्रकासित समय : १७:३८
काठमाडौं । सरकारले सातवटै प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेमा प्रदेश एकमा सोमनाथ अधिकारी प्यासी रहेका छन् भने प्रदेश दुईमा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश पाँचमा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कनौली र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरिएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अन्य विषयमा कुनै निर्णय नभएको बताए ।

