नेकपाको सचिवालय बैठक बालुवाटारमा ,प्रदेश प्रमुखको नाम टुङ्ग्याउँदै
प्रकासित मिति : २०७६ कार्तिक १८, सोमबार १२:४२
प्रकासित समय : १२:४२
काठमाडौँ, सातैवटा प्रदेश प्रमुखको नाम टुङ्ग्याउन नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । आइतबार नै मन्त्रिपरिषद् बैठक बसी प्रदेश प्रमुखहरुहरुको नियुक्तिको तयारीमा थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठकमा सरिक हुँदा सम्भव नभएपछि आजका लागि बैठक बोलाइएको हो ।
नेकपा स्रोतका अनुसार सोमबारको सचिवालय बैठक बस्ने र ७ वटै प्रदेश प्रमुख टुड्ग्याउने छ । त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले प्रमुख नियुक्तिको निर्णय गर्नेछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।