विप्लव नेकपाका निवर्तमान केन्द्रीय सदस्य लोहनी रिहा

काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भएका छन् ।चितवन स्थित आफ्नै डेराबाट १३ दिन अघि गिरफ्तार परेका लोहनीलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

रिहा भएपछि सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै लोहनीले हजारौँ शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रले आफुलाई फरक राजनैतिक आस्था राखेकै कारण गिरफ्तार गरेको बताएका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । उनी उपचारमा थिए । उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उक्त कुरा नेकपाले हालै जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।