सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

विस्तृत विवरण भने आउन बाँकी

काठमाडौँ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हाे ।

घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। बस नदीमा पूरै डुबेको छ। मृतक संख्या बढ्नसक्ने बताइएको छ। घटनास्थलबाट घाइतको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने काम भइरहेको छ। प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिएकि छन  ।

उनले घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको भन्दै अहिले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताइन् ।