यसकारण अध्यक्ष प्रचण्ड नेपालगन्ज आउदै
प्रकासित मिति : २०७६ कार्तिक १६, शनिबार १९:२९
प्रकासित समय : १९:२९
बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कात्तिक १९ गते नेपालगञ्ज आउने भएका छन् ।
नेकपा बाँके जिल्ला कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्ज आउने कार्यक्रम तय भएको नेकपा बाँके अध्यक्ष आइपी खरेलले जानकारी दिए । कार्यक्रममा प्रचण्डसँगै पार्टीका महासचिव विष्णु पौडेल समेत आउने बताईएको छ ।
नेकपा बाँकेले विभिन्न पर्वहरुको अवसरमा कात्र्तिक १९ गते दिनको १ बजे पार्टी जिल्ला कार्यालयमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यस अघि १८ गते गर्ने भनिएको कार्यक्रम पार्टी अध्यक्षको कार्य व्यस्थताका कारण १९ गते गर्न लागिएको अध्यक्ष खरेलले जानकारी दिए ।

