श्री प्रभात पचालझरना बहुउद्देश्यीय सहकारीको सार्वजनिक सुनुवाइ सम्पन्न
कालीकोट,कालीकोटको पचालझरना गाउँपालिका श्री प्रभात पचालझरना बहुउद्देश्यीय सहकारी संस्था लि.को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको जारकोटमा शनिबार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीले युवाहरूको स्वरोजगारको लागि समाुहिक बाख्रा पालन समेत गरेको थियो । जिल्ला समन्वय समिति सदस्य ऐन शाहीको प्रमुुख आतिथ्यमाा भएको कार्यक्रममा बिभिन्न वडााका प्रतिनिधिहरूको समेेत सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सदस्य प्रमुख अतिथि ऐन शाहीले सहकारीको बिकासले मात्रै अहिलेको समृद्धिको सपना पूरा हुने बताइन । शाहीले सामाज बिकासको लागि सहकारीको बिकास अनिवार्य रहेको बताइन । त्यस्तै बाख्रा पालनले स्थानीयस्तरमा उत्साहित बनाएको संस्थाका अध्यक्ष प्रभुजन सन्ज्यालले बताए ।
सञ्जालले सहकारी बेरोजगारहरूको लागि पुल बनेर अगाडि बढेको दावी गरे ।
सहकारीलाई प्रदेश सरकार र गाउँपालिकाबाट बाख्रा पालनका लागि भनेर १ करोड बराबरको बजेट बिनियोजन समेत गरिएको थियो ।
२०७५ सालमा स्थापित श्री प्रभात पचालझरना गाउपालिका बहुउद्देश्यीय सहकारी उक्त क्षेत्रको प्रतिष्ठित सहकारीको रूपमा परिचित छ ।