हट्यो कपिलवस्तुमा लगाइएको कर्फ्यू
प्रकासित मिति : २०७६ कार्तिक १६, शनिबार ११:०३
प्रकासित समय : ११:०३
कपिलबस्तु,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा लगाएको कर्फ्यु शनिबार बिहान ६ बजेदेखि हटेको छ । प्रशासनले एक सूचनामार्फत कर्फ्यु हटाइएको जानकारी दिएको हो ।
मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यू अवस्था सामान्य बनेसँगै हटाइएको हो । बुधबार साँझ मूर्ति विसर्जन गर्ने विषयमा कृष्णनगरका दुई समुदायबीच झडप भएको थियो । झडपका क्रममा एक भारतीय नागरिकको मृत्यु समेत भएको थियो ।
झडप बढ्ने अवस्थालाई मध्यनगर राखेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

