गाउँमा सडक पुगेपछि स्थानीय भए खुशीले गदगद
कालिकोट,कालिकोटको पचालझरना गाउँपालिका वडा नं २ मा सडक पुगेपछि स्थानीयबासी खुशीले गदगद भएका छन । गाउँपालिकाको २ नं वडामा डौठेबाट मौरीघाटसम्मा सडक सञ्जाल पुगेपछि उनिहरू हर्षित भएका हुुुन ।
स्थानीय सरकारको पहलमा सडक निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष करिबिरे बिश्वकर्माले जानकारी दिए।
अध्यक्ष बिश्वकर्मका अनुसार सासंद कोषबाट ५० लाख र गाउँपालिकाबाट १ करोड ३० लाखको बजेटमा सडक सम्पन्न भएको बताइएको छ । केहि स्थानमा भने भत्केको सडक छिट्टै मर्मत हुुुने अध्यक्ष बिश्वकर्मको भनाइ छ ।
अध्यक्ष बिश्वकर्माले जनताको लागि आफू दत्तचित्त भएर लागेको बताए । उनले समृद्धीको आभाष हुने गरि बिकासे अभियानमा लागि परेको समेत दाबी गरे । उनले भने निस्वार्थ ढंगले जनताको मतको सम्मान गरिरहेकोे छु र निरन्तर गरिरहनेछु यसमै मेरो सार्थकता छ ।
वडामा सडकको पहुँच पुगेसंगै स्थानीयबासी हर्षित भएका छन । उनिहरूले सडक पुगेसंगै अध्यक्ष बिश्वकर्म र वडामा पहिलोपटक पुगेको मोटरसाइकललाई फुलमाला लगायर सम्मान गरेका थिए ।