ललित बिष्टका ७ चोटिला मुक्तकः ढोका उर्घादा,आमा आए हुन्थ्यो
१.शहर फेरिएछ,अनि,रहर फेरिएछ
तिम्रो बिहे गर्ने डोलिको प्रहर,फेरिएछ ।
संगै बिहे गरैला भनेकै थेँ ऊ बेलामा
तिम्राे मन अनि मझेरिको जहर फेरिएछ ।
२.बाच्नु पनि गतिलो सजाय हुन्थ्यो ।
मर्नु भन्दा पहिले बचाए हुन्थ्यो ।
बर्षाैँ लगाएर सानाे घर बनाएको छु
ढोका उर्घादा, आमा आए हुन्थ्यो ।
३.कसैले नगद दिए,कसैले धान दिए
परिबर्तन कै लागी धेरैले बलिदान दिए ।
जो-जाे सरकारमा रहदै आएका छन
उनैले जन्तालाई खालि ऊखान दिए ।
४.बजार झरेकी आमाको बोली फेरिएन ।
लगाउदै गरेको गुन्यु चोली फेरिएन ।।
खुसिको महलमा राख्ने सपना देख्याे
हिड्यो प्रदेस आमाको झोली फेरिएन ।
५.बाऊको पैसा चोरेर बजार,तिर लागियो
सय,दूईसयले पूगेन हजार, तिर लागियो ।
उमेरमा पढ भनेकै हुन उ बेलामा बाले
केटि,खोज्दै उनको नजर,तिर लागियो।
६,कलम,होकि कापी चिन्नै,गारो छ
आजभोलि सपना बोकि हिड्नै गारो छ।
प्रहरी गिरफ्तार गर्छन विप्लव भनि,
याे जिन्दगी सित्तैमा टिक्नै गारो छ ।
७,गूलाफ भन्दा पहिले मन दिन्छू हून्न
संगै,जिउने संगै मर्ने बचन दिन्छू हून्न।
टाढा हूने धोको छैन समिपमै बाच्नुछ।
नशामय हृदयको कम्पन्न दिन्छू हून्न ।
आठबिस नगरपालिका.५.दैलेख
सम्पर्क ः९८४८३९३६७५
हाल ः रेडियो नयाँ कर्णली कालिकोट,