संकटग्रस्त पुँजीवाद र समाजवादी क्रान्तिका सुनौला अबसर

हामीले प्राय हरेक घटनाको शंस्लेषण र बिष्श्लेषण अधिभुतबादी उत्तेजनाको टुपोबाट गरेर पुग्दैन । समाज बिकास र जसको ब्याख्या ऐतिहासिक भौतिकबादी कोणबाट गरेर मात्र सम्भब हुन्छ ।  बस्तुको ऐतिहासिक भौतिकबादी ब्याख्याले मात्रै उसको गलत र सहि जन्म र मृत्युको बारेमा स्पष्ट ज्ञान् प्राप्त हुन्छ । 

पहिलो कुरा पृथ्वीमा मानव सभ्यताको बिकास स्वरुप बिगत बर्तमान र भबिष्यको बारेमा बुझ्ने कोसिस अनिवार्य छ ।  मानव समाजमा केन्द्रित र बिकेन्दिकृत बसोबास राज्यको निर्माण उत्पादन प्रणाली शक्ति र सम्बन्ध बर्गको निर्माण र वर्गसंघर्ष आदिको अध्यन अनिवार्य जरुरी छ ।

जतिबेला मानव समाजमा आठ हजार बर्ष पहिलेदेखि अहिलेसम्म केन्दिकृत बसोबास गर्दै आएको इतिहास अध्यन गर्दै जान्छौ । आफ्ना हरेक संयन्त्र निर्माण गरेर मानवले मानबमाथी शोषन र उत्पिडन गर्दै आएको पाउछौ सेना पुलिस हातहतियारले मात्रै समाजमा सासक बर्ग टिक्न असम्भब भएपछि धर्म संस्कार नियम कानुन परिधि भित्र सिङ्गो समाज र राज्यलाई बाध्ने प्रक्रिया सुरु भएको पाइन्छन् । यो अबस्थामा मानवबाट मानबको मुक्तिको प्रश्न कसरी हुन्छ र विकल्प के हो ?  भन्ने हजारौं तर्कको बीचमा जन्मिएको बैज्ञानिक बिचार माक्र्सवाद हो यसको बैज्ञानिक तथ्य पेशगर्न पेचदार प्रश्नको निर्माण त्यतिकै उब्जिएको छ।

मार्क्सवादको बैज्ञानिकता र समाज बिकास,बिनासकाे विकल्प

समाज दासयुग सामन्तबादी युग हुँदै बिश्व पुजिबादमा प्रवेश हुदासम्म महिला र श्रमिक बर्गले उत्पिडनका हजारौं कालखण्डमा नारकिय जिबन बेथित गर्दै आएको इतिहास अध्यन गर्दा त्यसको मुक्तिको एउटामात्र बैज्ञानिक अस्त्र मार्क्सवादको जन्म भएको हो । बिश्वका पुजीवादी राष्ट्र र शासकले मार्क्सवादलाई असफल तुल्याउन गरिएको कसरत र त्यसैमा मार्क्सवादको बिकास भएको उनिहरुलाइ पत्तो भएन ।

मार्क्सको पालाको प्रतिस्पर्धात्मक पुजीवादलाई ध्वस्त गरेर एकाधिकार पुजीवादमा परिनत गराएपछि मार्क्सवाद संभवतः असफल हुन्छ । भन्ने साम्राज्यवादको रणनीति अन्तरबिरोधका हजारौं दलदलमा फस्नु र रूसको अक्टोबर क्रान्ति सफल हुनु मार्क्सवादको बैज्ञानिक सिद्धान्तलाई लेनिनले बैज्ञानिक प्रयोग गरेर सफलतामा पुर्याउनु भयो । त्यसपछि साम्राज्यवादले माक्र्स एङ्गेल्सले ब्याख्या गरेको दुइटा बर्ग बोल्गोरिस र पोलिटोरिस लाई बदलेर बहुबर्गमा समाजलाई कसरी लिन सकिन्छ । त्यो कसरत गरेर सर्बहारा श्रमिकबर्ग मध्यमबर्ग नोकरशाही सामन्त बर्गमा समाजलाई बिभाजन गरेर ब्यापारिक पुजिबादको प्रयोगलाई बढवा दिए चीनिया नौलो जनबादी क्रान्तिले ब्यापारिक पुजीवादसग लडेर बिश्वब्यापी पुजिबाद्को प्राजयको संदेश दिन सफल रहयो ।

त्यसपछि संसारभरी कम्युनिस्ट आन्दोलनप्रतिको आकर्षण घनिभुत बढेर गयो । झन्डै तेह्र चौध देशमा माक्र्सवादको प्रयोग भएकोपनि ऐतिहासिक तथ्यहरु छन ।  प्रतिक्रियावादी प्रचार साम्राज्यले तिनै केही असफलतालाई इस्यु बनाएर माक्र्सवाद असफल र पुरानो भएको जिकिर समेत गर्छन । सत्यकुरा के हो भने माक्र्सवादको राजनीति पक्छ्य असफल भएको हो । सैद्धान्तिक पक्ष  असफल भएको भन्ने कुरा उनीहरुको आत्मसन्तुष्टि रजाइँ मात्रै हो । किनकि मार्क्सवादलाई असफल पार्न बिश्व साम्राज्यवाद यतिबेला भुमण्डलिकृत पुजीवादको माध्यमको बाटो भएर नयाँ तरिकाबाट कसरत गरिरहेको छ ।

जुनकुरा बिश्वको एउटा कुनै पुजिपतिले संसारभरिका गरिबलाई एकठाउबाट सोषण गर्न राष्ट्रिय पुजिपतिलाइ आफ्नो मातहतमा लिएर दलाल पुजीवादी बनाउने र पुन मध्यम बर्गको अन्त्य गरी मानब जातिलाइ बेरोजगार मजदुर बर्गमा परिनत गरिरहेको छ । यसबाट अर्कोतिर सुन्दर सम्भावना के देखिन्छ भने मध्यम बर्गलाइ मजदुर बर्गसगै जोडेपछि सर्बहारा श्रमिक बर्ग र मजदुर बर्ग एकठाउमा उभिन बाध्यात्मक परिस्थितिमा बिश्वब्यापी समाजवादी क्रान्तिकालागि सुन्दर बाताबरण तय हुने देखिन्छ ।  जस्ले भुमण्डलिकृत पुजिबादको एजेन्टको रूपमा खडा गरिएका बहुराष्ट्रिय पुजिबाद र दलाल पुजीवाद एकसाथ सखाप हुन्छन् जसको बैज्ञानिक प्रयोग बिकसित रूपमा माक्र्सवादको हुने ।

 तर वास्तविक रूपमा देखेनी समस्या भनेकै माक्र्सवादको बैज्ञानिकक्ता भनेकै बिकसित घटनाको बिकसित चेतनाको बिकास गर्नमा बिश्व सर्बहारा वर्गसंघर्षको नेतृत्व समस्या हो हरेक । राष्ट्रमा भएको वर्गसंघर्षको इतिहास अध्यन गर्दा फोटोकपी गरेर क्रान्ति गरेर अगाडि बढने बीचमा आइपरेको बिकसित असजिलो अवरोधलाई बैज्ञानिक तवरले छिचोल्न नसकेर वरिपरि रिगिराख्ने घुमन्ते गोलचक्करमा फस्ने अन्ततोगत्वा दक्षिणपन्थी अबसरबाद तथा आत्मसमर्पणबादको लाइनमा रोकिनु नै मुल समस्या देख्यो ।

भुमण्डलिकृत उदार अर्थ नीतिका विरुद्धमा शसक्त प्रतिकार गर्न सक्ने राजनीति मुलभुत कार्यनीतिको अपुगनै अहिलेको क्रान्तिकारी वर्गसंघर्षको खाचो हो। बिज्ञान प्राविधिको युगमा टेकेर भुमण्डलिकृत उदार पुजीवादले संसारभरिका उत्पीडित राष्ट्र र जनताको श्रम सोषण कसरी गरिरहेको छ र बैज्ञानिक हल के हो भन्ने मुल बहसको बिषयनै टड्कारो बनेर आएको छ। एउटा रोचक पक्ष के छ भने भुमण्डलिकृत पुजिबादले पैदा इन्धन र प्राविधिका कारण अबको छ सय बर्षपछी पृथ्वी ध्वस्त हुनेछ । भनेर बैज्ञानिकहरुले तथ्यांक पेश गरेपछि बिश्वब्यापी त्रास पैदा भएको छ र जसको लागी प्राकृति संरक्षकत्व अभियान थालेको देखिन्छ । 

खास समस्या सामाजिक रूपमा उत्पादन प्रणाली भुमण्डलिकृत पुजीवादी प्रणालीको विकल्पमा बैज्ञानिक समाजबादी उत्पादन प्रणाली कसरी अपनाउने त्यस्को लागि बैज्ञानिक समाजबादी क्रान्तिका न्युनतम कार्यनीति कसरी बनाउने भन्ने जरुरी बिषय हो ।  कम्युनिस्ट क्रान्तिकारी कहलिएका ब्याक्तीहरु उदार पुजिबादलाइ बोकेर अझ बहुराष्ट्रिय पुजिको नाम्लो बोकेर राष्ट्रिय पुजिलाइ दलाल पुजीवादीहरुको पोल्टामा पस्किने हेतुमा देखिनु दुर्भाग्यपूर्ण संकेत हो । बिश्वब्यापी रूपमा भुमण्डलिकृत पुजीवादका रुपहरु उदार पुजीवाद र बहुराष्ट्रिय पुजीवाद हुन यसको परिणाम सफलतामा घमण्ड र असफलता भएपछि कुण्ठा आक्रमण हिंसानै हुन्छन् जसका पछेल्ला उधारण रुस रहदैन भने पृथ्वी किन चाहियो उत्तर कोरिया रहेन भने मानव जाती रहदैन भन्नू पछिल्लोपटक उत्पादन भएको भुमण्डलिकृत पुजिबादका परिणाम हुन।

भुमण्डलिकृत पुजिबादको नकारात्मक संकट र मार्क्सवाद

माक्र्सवाद श्रमजीवी उत्पीडित राष्ट्र र जनताको मुक्तिको बैज्ञानिक विधि प्रक्रियाको दर्शन हो । जस्को बिकास र बिस्तारले विश्व साम्राज्यबादिहरु आतिएका छन । माक्र्सवादको बिकास प्रक्रियामालाई तीस हजार बर्ष पुरानो मानव सभ्यता र झन्डै आठ हजार बर्ष पुरानो बर्गिय मानव समाजको ऐतिहासिक अध्यन गर्ने हो भने एकसय एकहक्तर बर्षको माक्र्सवादको इतिहास तुलना गर्दा माक्र्सवाद तोतेबोली बोल्न थालेको शिशु जस्तै हो ।

यसको खुशी र सुन्दर पाटो के छ भने प्रचार बिकास प्रयोगको इतिहास हेर्दा साडे दुइ हजार बर्ष पहिलेदेखी निर्माण भएको धार्मिक दर्शनको समेतको प्रयोग अध्यन भएको छैन । बौद्ध दर्शन अध्यन नगरेकाहरुमा समेत माक्र्सवाद बुझ्ने र अध्यन गर्ने प्रक्रियामा छन । बिश्वका तीस प्रतिशत समुदायमा इस्लाम धर्मका बारेमा थाहा छैन झन्डै १५५ लाई इसाई धर्मका बारेमा थाहा छैन तर माक्र्सवाद बिश्वका ७०५ समुदायको दिमागमा पुगेको छ ।

पाश्चात्य बिचारकहरु समेतले मार्क्सवाद अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट दर्शन हो भनेर स्विकार गरेको अवस्था हो । यो अबधिमा मार्क्सवादलाई असफल साबित गर्न साम्राज्यवादले आफ्नो अन्तिम अस्त्र भुमण्डलिकृत पुजीवाद र त्यस्को बहुरुपहरु बहुराष्ट्रिय पुजीवादी बाटो अपनाउनु बाध्यता हो ।  त्यस्का एजेण्टहरु अल्पबिकसित राष्ट्रमा समृद्धिको वकालत गर्नु अस्वभाविक होइन । हकिङ्को तर्कलाई सापटी लिएर मानव समाजमा उत्पन्न भएको संकटको बारेमा ब्यख्या गर्दा प्रकृति द्रोहनको कारण पृथ्वी समाप्तिको बाटोमा छ भन्दा राजनीति शास्त्रले त्यसको निचोड निकाल्न सकेनभने बिश्वब्यापी भुमण्डलिकृत पुजीवादी उत्पादन बितरण प्रणालीको कारण हो ।

यसको बैज्ञानिक हल बैज्ञानिक समाजबादी उत्पादन र बितरण प्रणालीको खाँचो छ । जसकाे लागी समाजबादी क्रान्तिका आधार मुल्यमान्यताहरु तयारी भएको छ भन्ने नै हो फेरि पनी दोहर्‍याएर भनौ पहिलो र दोस्रो बिश्वयुदले बिश्वब्यापी मानव जिबनमा थुपारेको प्राकृतिक संकटलाई सुस्म अध्यन नगरी मानव सभ्यताको रचनात्मक सुरक्षा कसरी गर्न सकिन्छ । भन्ने कुरानै बहसमा आउँछ एकाधिकार पुजिबाद र ब्यापारीक पुजिबादको प्रतिस्पर्धाको कारण पहिलो र दोस्रो बिश्व युद्धको परिणाम निम्तिएको थियोे त्यस्तै भुमण्डलिकृत उदारपुजिबादले अर्को बिश्वयुद्दको बाताबरण तयारीको दिसामा जान्छ र अहिलेका शक्तिशाली राष्ट्रहरुले निर्माण गरेका अणु प्रमाणु हाइड्रोजन अस्त्रको प्रयोग घमण्ड प्राजय कुन्ठाको परिणामस्वरूप आइलाग्ने छ्न ।

जस्को बैज्ञानिक विधि मानव सभ्यताको सुरक्षा सम्मानताको लागि बैज्ञानिक हल मार्क्सवाद हो जस्ले मानव मानव बिचको बर्गिय असमान्तालाई बराबर बनाउने र मान्छेले मान्छेमाथी दमनगर्न बनाइएका हातहतियारको डिस्टोय समाप्तिकरन गर्नेनै हो यसको बैज्ञानिक बिचार मार्क्सवाद हो । अततः यस्मा बैज्ञानिक रुपले बिकास बिश्व मानव जगतमा अनिवार्य बनेको हो ।

मार्क्सवादहरु असफलताको मुल कारण 

एउटा युगमा एउटाको बिचारले समाज बिकासको क्रममा गरेको बिकासलाइ हेर्ने हो भने मार्क्सवाद कम्युनिस्ट आन्दोलन सफलता र असफलताको बाटोलाई गम्भीर अध्यन गरौ । जस्ले जनताको बर्ग बैरिले आफ्नो अधिपत्य कायमै राख्न रुपहरु बदलेर आउँछ । त्योसँग प्रतिवाद गर्नसक्ने विचारमा देखिएको अपुग्तानै मार्क्सवाद असफल देखिन्छन् ।

अर्कोतिर झन्डै आठहजार बर्ष पुरानो बर्गिय अखडा तुरुन्तै भत्काउन त्यसको आधार र उपरिसंरचनालाइ नयाँ रूपमा लिन मार्क्सवादहरुले बैज्ञानिक कसरत नगर्नुपनी हो । हरेक राष्ट्रमा विभिन्न समयमा सकारात्मक समाजबादी क्रान्ति भएका छ्न तर कम्युनिस्ट नेतृत्व छैनन् । जहाँ कम्युनिस्टको नेतृत्वमा समाजबादी क्रान्ति भएको छ त्यहा मार्क्सवादमा थप बैज्ञानिकता हुन नसक्नु अनुभववादको बाटो हिड्नु जस्को पछाडी आउने महाबिपत्तीमा क्रमभङ्ग्ता अग्रगामी सोचाइ भन्दा यथास्थितिवादी दक्षिण पन्थी अबसरबादमा पतन हुनु दुर्भाग्य मान्नुपर्छ । 

मार्क्सवादलाई बैज्ञानिक तथा सृजनसिल प्रयोग खास गरि होचिमिन्ह र माओत्सेतुङसम्म आइपुग्दा एकाधिकार पुजिबादसँग लडने र उत्पीडित समुदाय बर्गलाइ मुक्तगर्ने कार्यमा बिकास गरेपछि सफल भएको हुनुपर्छ ।  त्यसपछि नेपाली वर्गसंघर्षलाई जनयुद्धको माध्यमबाट अगाडि बढाउने क्रममा जनयुद्ध प्रती लाखौं जनताको आकर्षण थियोे । साथ र सहयोग हुदाहुदै एकाधिकार पुजिबादले भुमण्डलिकृत पुजिबादमा बिकास गरेपछि त्यो सग प्रतिरोध कसरी गर्नेभन्ने बिचारको अपुगताको कारण नेपाली वर्गसंघर्ष दक्षिणपन्थी अबसरबादमा आत्मसमर्पण गरेर दलाल पुजिबादको बाटोमा रुमलिनु अर्को दुर्भाग्य छ ।

यस्ता क्रान्तिको बीचमा र क्रान्ती सम्पन्न पश्चात् ठिक समयमा बिकसित घटना क्रमको बिकाससगै मार्क्सवादको बैज्ञानिक प्रयोगलाई निरंतरता दिन नसक्नु धेरै इतिहास छ्न । यो अबस्थामा माक्र्सवादमा कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको बिकास र विकल्प फर्जी उत्पादनको सिकार भएर सफल हुन सक्तैन बरु बिश्वब्यापी मानव समाजमा आधारभुत उत्पादन प्रणाली लाई उच्चतम जोड पुजिको सामाजिकिकरण उत्पादन र बितरणमा सामुहिककरणलाई बैज्ञानिक हल मान्ने हो भने मार्क्सवादको बैज्ञानिक बिकास र मानव समाजको रक्षा गर्न सकिनेछ भुमण्डलिकृत पुजिबादले बहुराष्ट्रिय पुजिको प्रयोगले राष्ट्रिय पुजिलाइ कसरी दलाल पुजिबादमा परिनत गर्न सकिन्छ भन्ने चिन्तनलाई प्रतिबाद गर्नपनि मद्दत गर्ने छ।

अर्कोतिर अन्तमा दलाल पुजिबाद र बहुराष्ट्रिय पुजिबादको अन्तरबिरोधको कारण हुनसक्ने शक्तिशाली बिश्वयुदको रोकावट गर्ने सरल विधि मार्क्सवादमा बाहेक अनेत्र छैन भन्ने प्रमानित गर्न सकिन्छ ।यो अबस्थामा कम्युनिस्ट क्रान्तिका बैज्ञानिक समाजबादी क्रान्ति जरुरि छ र संभावना नजीक बनेका छन । भ्रमित नहुनू पर्नेकुरा के हो भने मार्क्सवाद असफल भएको होइन माक्र्सवादी हरुले तयगरेको राजनीति कार्यदिशा असफल भएको भन्नेमा ।