गाउँघर सरसफाई राखौँ भन्दै आमासमूह नै जुटे सरसफाइ अभियानमा

कालिकाेट, पचालझरना गाउँपालिका वडा नं ४ का आमा समुहले सामुहिक ढंगले सरसफाई अभियान सुरु गरेका छन । आफनो गाउँघर आफै सफा राखौँ भन्ने मुल मान्यतामा रहेर पचालझरना गाउँपालिका ४ का आमा समुहले सरसफाइ अभियान सुरु गरेका हुन ।

वडा नं ४ का जनप्रतिनिधि महिला सदस्य आमा समूह मिलेर घर आगन सफा राख्न र बातावरणीय हिसाबले स्वास्थ रहन जनचेतना मुलुक अभियान सुरु गरेको वडा अध्यक्ष अनुरुप रोकायले जानकारी दिए । वडा अध्यक्ष रोकायका अनुसार आमा समुहले प्रत्यक घरबाट एक-एक जना गरि सरसफाइमा जुटेको बताइएको छ ।

त्यस्तै सरसफाई अभियान निरन्तर जारी राख्ने वडा नं ४ की आमा समूह संयोजक होईजालि सेजुवालले बताइन । सेजुवालले भनिन हामी महिला एकजुट भयौं भने समाजिक काम सजिलोसँग सम्पन्न हुन्छ ,त्यसैले हामी सामुहिक ढंगले लागि परेका छौँ ।

सेजुालले वडा नं ४ सुन्दर वडा बनाउने तयारीमा रहेको समेत जानकारी दिइन । उनले परम्परागत रुपमा पछिल्लो समय महिलाको चेतनास्तर उठेको महसुस गरेको समेत बताइन ।

उक्त वडाका महिलाले साप्ताहिक रुपमा सरसफाई अभियान जारी राख्ने प्रतिबद्धता समेत गरेका छन ।