निवर्तमान सभामुख महरालाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महरालाई बिहिबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदैछ ।सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा अन्तिम पटक थपेको म्याद बुधबार सकिएकोले बिहिबार अदालत उपस्थित गराउन लागिएको हो ।

महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई पक्राउ गरिएको थियो ।