जब मुख्यमन्त्री शाहीको टोली महाबुको लेकमा पुग्यो

हेर्नुस तस्विरमा

दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबु रारा जोडने सडक खण्ड सिलान्यास तथा महाबुअ पर्यटकिय क्षेत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन् ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश पर्यटनको लागि सुन्दर हब भएको भन्दै महाबुको लेकले त्यसको प्रतिनिधित्व गर्ने बताए ।

जमुनाह,सुर्खेत,दैलेख हुदै महाबु हुदै रारा जोडने सडकको उदघाटन र पदमार्ग शिलन्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले महाबुअ क्षेत्र पर्यटकिय गन्तब्य रहेको बताए ।

उनले डाडामा अवस्थित पर्यटकिय मन्दिरको साथै बिभिन्न पर्यटकिय क्षेत्रको समेत अवलोकन गरेका छन् ।

कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघले मुख्यमन्त्री शाहीलाई पर्यटन बिकाश सम्बन्धी भन्दै महाबुकोे लेकमा ७ बुदे ज्ञापनपत्र बुझाएको छ ।

मुख्यमन्त्री शाहीसंगै कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य अमर थापा लगायतको टोली उक्त क्षेत्रमा पुगेको छ ।सुर्खेत हुँदै कर्णाली राजमार्गका लागि लामो समयदेखि पश्चिम क्षेत्रबाट कर्णाली राजमार्ग सञ्चालनमा छ । सडकले पश्चिमका बासिन्दाको आवश्यकता पूरा गरेको छ । सदरमुकामको मध्यभाग दैलेखको डुंगेश्वरदेखि दुल्लु हुँदै कालिकोट जोडिने सडकको काम पनि सुरु भएको छ । सबै बाटोको स्तरोन्नति गर्नुपर्ने र महाबु सडक तत्काल जोड्नुपर्ने भनाइ छ । दैलेख महाबु हुँदै कालिकोटको गाल्जे जोड्ने सडकका लागि संघीय सरकारले ५२ करोड र प्रदेश सरकारले ३० करोड विनियोजन गरेको छ । 

१‍

१०

११

१३

१४