प्रधानमन्त्री ओलीले यसरी मनाए तिहार
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगायर भाईटिका मनाएका छन्।
प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाई दिएकी हुन्।
भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भए पनि १ बजेर ३८ मिनेट जाँदा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गरेका हुन्।
त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिए। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ।
भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख(समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ ।