मानव सभ्यता विरुद्ध पुँजीवाद

एक महिना अघि विश्वभर तरङ्ग पैदा हुने समाचार बाहिर आयो । दक्षिण अमेरिका स्थित अमेजन जङ्गलमा भएको आगलागी बारे । र अमेजन जङ्गलमा भएको पछिल्लो दशकहरुमा तिब्रोत्तर रुपमा भएको जङ्गल फडानी बारे र यो जङ्गलसङ्ग जोडिएका अनेकौं तथ्यहरु ।

आगलागी र वन फडानी सङ्गै महत्त्वपूर्ण कुरा बाहिर के आयो भने “अमेजनको जङ्गल पृथ्वीको फोक्सो” किनकी यसले पृथ्वीका सम्पुर्ण प्राणिका लागि चाहिने मध्य २०% अक्सिजन उत्सर्जन गर्छ । यसको ठिक उल्टो, अक्सिजन उत्सर्जन गर्ने अमेजनको जङ्गलबाट कार्बन उत्सर्जन भए पृथ्विमा रहेका प्राणहरुको भावी स्थिति के हुन्छ ? यसरी अमेजन जङ्गलको वनफाडानी र आगलागी किन भयो ? प्रश्न उठ्छ । र यो त्यहाँको मात्र प्रश्न किमार्थ होइन, बरु यो दुनियाँको आम प्रश्न हो ।

वातावरणविदका अनुसार विश्व तापमान १° सेल्सियसबाट बढेर २° सेल्सियस तर्फ उन्मुख छ । जसका कारण हिमालहरु पग्लिदैछन अन्टार्टिका, हिमालय, उत्तरध्रुवका हिमढिस्का पनि पग्लने क्रम बढ्दो छ, भने मानवसहित वा मानवरहित ससाना २०० भन्दा बढि टापुहरु डुब्दैछन ।

पृथ्वी तातियर मानव सभ्यताको अस्तित्व नै खतरामा पर्ने देखिन्छ भावी केही सय वर्षहरुमा । यति मात्र नभएर सिङ्गो प्राणीको अस्तित्व नै नामेट हुनेवाला छ । बढ्दो विश्व तापमान र जलवायु परिवर्तनका कारण कैयौं प्रजातीहरु लोप हुने अवस्थामा रहेको तथ्यांक वैज्ञानिकहरु वर्षेनी प्रकाश पारिरहन्छन ।

विश्व तापमान वृद्धि हुनुमा सामान्यत: मानविय गतिविधि जिम्मेवार छन, वैज्ञानिकहरु यसो भन्छन । तर सैद्धान्तिकतहमा उत्रिएर भन्नुपर्दा तापमान वृद्धि हुनुमा पुँजीवादी विचारधारा जिम्मेवार छ । पुँजीवादी दर्शन मानवसभ्याकै विरुद्ध छ । परिणामहरु नियाल्दा यो निश्कर्षमा पुग्न सकिन्छ । वातावरणविद र वातावरण वैज्ञानिकहरुले यो यथार्थलाई बुझ्नसक्नुपर्छ ।

मानवीय गतिविधि दोषी हो मात्र भनेर पुग्दैन जो औधोगिक पुँजीवादी देशहरू अक्सर भन्नेगर्छन र के यथार्थ लुकाउछ्न भने मानव सभ्यताको संकटको दोषी ती पुँजीवादी देशहरु हुन । दुनियाँमा सबैभन्दा बढि पृथ्वी तातिन सहयोग पुग्ने र हानिकारक विकिरण रोक्न जिम्मेवार ओजोन तहलाई तहसनहस पार्ने कार्बन मोनोअक्साइड जस्ता ग्यासहरु उत्सर्जन गर्ने देशहरुको सुचि पल्टाउँदा तपाइँ के तथ्यहरु फेला पार्नसक्नुहुन्छ भने ती देशहरू अमेरिका, युरोपेलि देशहरू, चीन, भारत जस्ता देशहरू नै हुन ।

किनकी ठुला-ठुला उद्योगहरु तिनै देशमा छन जसले कार्बन उत्सर्जन गर्दछन । र उनिहरुको दर्शन भनेकै पुँजीवादी दर्शन हो । चिनको आवरण कम्युनिजम भएतापनी खासमा उत्पादन पद्धति पुँजीवादी नै हो । यो कसैले लुकाउनु पर्ने कुरा होइन ।

पुँजीवादी विचारलाई उदारवादको नाममा पहिलो विश्व युद्द र दोश्रो विश्व युद्द पछि दरोगरी पक्डेर लागू गर्ने कामको सुरुवाती नेतृत्व संयुक्तराज्य अमेरिकाले गर्यो । दोश्रो विश्व युद्द लगत्तै विश्व दुई ध्रुवमा विभाजित बन्यो । पुँजीवादी ध्रुवको नेतृत्व अमेरिकाले गर्यो र साम्यवादी ध्रुवको नेतृत्व तत्कालीन सोभियत संघले गर्यो । सोभियत रुसको सन १९९०को दशकमा विघटन सङ्गै शीत युद्दको समाप्ति भयो ।

पुजीवादी ध्रुवको विजय भयो र विश्व प्रणाली नै पुँजीवादी विश्व प्रणाली बन्न पुग्यो र नवउदारवादको नाममा विश्वभर बहुराष्ट्रिय कम्पनीको हालिमुहाली झनै व्यापक बन्न पुग्यो । जुन बहुराष्ट्रिय कम्पनिको काम भनेकै जति हुन्छ गरिब मुलुकहरूका प्राकृति स्रोतसाधनको दोहन गर्नु र बजार कब्जा गरि धन आफ्नो मुलुकमा जम्मा गर्नु हो ।

पुँजीवादी विचारको मुल मर्म नै जति हुन्छ जसरी हुन्छ धन आर्जन गर । मान्छेमाथी शोषणलाई कायम राख । वर्तमानलाई मात्र ध्यान देउ, भविष्यको ख्याल नगर । पैसा आर्जन गर्न प्राकृति स्रोतसाधन एकलौटी कब्जा गर, बजार कब्जा गर, त्यसको लागि युद्द गर्नु पनि पछि नपर्नु । यो नै पुँजीवादी विचार हो । अमेजन जङ्गलमा भएको तिब्र वनफडानी र भएको भीषण आगलागिको रहस्य यहाँ लुकेको छ सारमा ।

तपाइँहरुलाई थाहा नै छ कि पहिलो विश्व युद्द(१९१४-१८) र दोस्रो विश्व युद्द(१९३९-१९४५)को कारण पुँजीवादी देशहरुको अत्यधिक नाफा आर्जन गर्न बजार कब्जा र प्राकृति स्रोतसाधन कब्जा गर्ने अस्वस्थ प्रतिस्पर्धा कै परिणाम थिए । जहाँ पहिलो विश्व युद्धमा २ करोड ५८ लाख ५५ र दोश्रो विश्व युद्दमा ६ करिड वरिपरि मानिसहरू मारिएको । करोडौं घाइते भए । त्यसपछी शीत युद्दको क्रममा पुजीवादी देशले लादेको कोरियन, भियतनाम, कम्बोडिया, अफगान, इराक युद्दको कथा बेग्लै छ ।

अहिले पनि मध्यपुर्वमा जबर्जस्ति लादिएको युद्ध नै त्यहाँ रहेको पेट्रोलियम पदार्थको कब्जा कस्ले गर्ने वा कुन पुँजीवादी देशले गर्ने भन्ने प्रतिस्पर्धासङ्ग सम्बन्धित छ । हालसम्म लाखौं आम मानिसहरूको ज्यान लिने मध्यपुर्वमा लादिएको युद्द कहिले रोकियला ? ठ्याक्कै भन्न सकिने अवस्था रहेन ।

पुँजीवादको पक्षधर अमेरिकाको अर्थतन्त्रको ठूलो हिस्सा हतियारको व्यापारले ओगट्छ । र अन्य पुजीवादी पक्षधर राष्ट्रहरु (जस्तै रुस, फ्रान्स, बेलायत, बेल्जियम, भारत) धन्दा नै हतियारको व्यापार हो । विश्वमा युद्दहरु रोकिनुको अर्थ अमेरिका जस्ता पुजीवादी देशहरुको अर्थतन्त्रमा धक्का पुग्नु हो । त्यसैले पुजीवादको अर्को नाम नै युद्द पिपासु हो । यसैबाट स्पष्ट हुन्छ कि पुजिवाद कति क्रुर हुन्छ ।

तेश्रो विश्वका देशहरुका आम नागरिक पुँजीवादी देशहरुबाट कतिसम्म पिडामा हुन्छन भन्ने यथार्थता नेपालमा देख्न सकिन्छ । खासगरी गुणस्तरीय डाइट र स्वास्थ्यको सवालमा । नेपाल भन्नलाई कृषि प्रधान देश भनिए पनि तथ्यांकहरुले यसलाई झुट सावित गर्दछ ।

किनकि ३ करोड जनता मध्य करिब एक करोड जनता देश बाहिर छन रोजगारको खोजिमा । र देश बाहिर श्रममा भाग लिने सबै युवाहरु हुन । अब प्रश्न उठ्छ कृषिकर्म कसले गर्ने ? तसर्थ नेपालको खाद्यान्न माग धान्ने भनेकै छिमेकी देश चीन र भारत हुन खासगरी । त्यसमा पनि बढि सब्जी-खाद्यान्न आयात हुने भनेकै भारतबाट हो त्यसका विभिन्न कारण छन ।

जोड गरेर के भन्न सकिन्छ भने सामान्य मानिसहरुको मात्र होइन कि पुँजीवादी साम्राज्यवादीहरुको भावी पुस्ताको उज्वल भविष्यको सुनिश्चितता पनि वैज्ञानिक समाजवादमा मात्र छ । किनकी साम्राज्यवादीहरु र उनिहरुका सन्ततीहरु बस्ने साझा घर पनि पृथ्वी नै हो ।

र भारतबाट आउने अधिकाङ्स सब्जी-खाद्यान्न विषादीले भरिपुर्ण हुन्छ र त्यो बिना चेकजाँच भित्रन्छ । किनकी नेपालको सरकार र कर्मचारीतन्त्रमा भारत हाबी छ । यसरी तेश्रो मुलुकका नागरिकको स्वास्थ्यलाई सिधा हानी गर्ने खाद्यान्न सेवन गर्न विवश छ्न । र कहानी यतिमा मात्र सकिन्न कि त्यस्ता पदार्थ सेवन गरि बिरामि भए उपचार गर्न जाने पनि उही देशमा हो जहाँबाट विषादीयुक्त खानेकुरा भित्रीन्छ । यो स्थिति सबै तेस्रो मुलुकका नागरिकहरुको पीडा हो ।

अब रह्यो पुँजीवादको विकल्प के ? अहिलेसम्म वा आजको दिनसम्म समाज विज्ञानको क्षेत्रमा खोज गरिएको विचार वैज्ञानिक समाजवाद नै यसको उत्तम विकल्प हो । मानव सभ्यतालाई अहिलेको पुँजीवादी विश्व प्रणालीले निम्ताएको संकटबाट मुक्त गर्ने विचार नै वैज्ञानिक समाजवाद हो ।

सन १९४९मा अमेरिकाको ‘मन्थ्लि रिभ्यु’ नामको म्यागाजिनमा भौतिक विज्ञानका अहिलेसम्मकै महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले एउटा लेख लेख्नु भयो, ‘समाजवाद किन?’ उक्त लेखमा आइन्स्टाउनले भन्नुभयो, ” मानिसले अहिले भोगेको पापको, दुखको, संकटको मुल स्रोत नै पुजीवादी समाजको आर्थिक अराजकता हो” र उहाँको निश्कर्ष थियो को यसको विकल्प भनेको वैज्ञानिक समाजवाद हो ।

कार्ल मार्क्स- एङ्गेल्सको योगदान रहेको वैज्ञानिक समाजवाद विचारधाराको व्यापकतालाई जान्न-बुझ्न यस लेखबाट मात्र सम्भव हुन्न । तरपनि यस लेखले समाजवाद प्रतिको रुझान भने बढाइदिनेछ ।सारमा वैज्ञानिक समाजवादमा नत आर्थिक कुम्ल्याउने मानिसहरू बिच अस्वस्थ प्रतिस्पर्धा हुन्छ न मानिसहरूको भविष्यलाई धारासायी पार्ने गरि प्रकृतिको असीमित दोहन नै ।

उत्पादनका साधन तथा प्राकृतिक स्रोतमा केही व्यक्तिको भन्दा सम्पुर्ण मानिसहरूको स्वामित्व रहन्छ । निश्चिति समयसम्म सबैले श्रममा भाग लिन्छन, उत्पादनमा भाग लिन्छन बदलामा उनीहरुको हरेक आवश्यकता वैज्ञानिक समाजवादी प्रणालीले नै पूरा गरिदिन्छ । मानिसहरुको आवश्यकतालाई हेरि प्रकृतिको उपयोग गरि आवश्यक वस्तु आवश्यक मात्रामा उत्पादन गरिने र बदलामा प्रकृतिको संरक्षण पनि गरिने हुनाले प्राकृतिक सन्तुलन कायम रहन्छ । सामान्य मानिस चोरी किन गर्छ ?

किन लुटपाट गर्छ ? उत्तर हो, उसको आफ्नो आवश्यकता पूरा गर्न । जब वैज्ञानिक समाजवादी प्रणालीले सबै मानिसहरूको आवश्यकता पूरा गरिदिन्छ सामान्य मानिसबाट हुने चोरी-लुटपाटको अन्त्य हुन्छ । मानिसबाट मानिसमा हुने आर्थिक शोषणको अन्त्य हुन्छ ।

शोषणको विस्तार नै अन्यापुर्ण युद्द भएकाले युद्धको पनि अन्त्य हुनेछ । र अन्त्यमा अझै जोड गरेर के भन्न सकिन्छ भने सामान्य मानिसहरुको मात्र होइन कि पुँजीवादी साम्राज्यवादीहरुको भावी पुस्ताको उज्वल भविष्यको सुनिश्चितता पनि वैज्ञानिक समाजवादमा मात्र छ । किनकी साम्राज्यवादीहरु र उनिहरुका सन्ततीहरु बस्ने साझा घर पनि पृथ्वी नै हो ।