दीपावलीका मनाउदै गर्दा जले चार घर, ५० लाखको क्षति

दीपावली गर्ने क्रमेमा प्रदेश १ का तीन जिल्लामा चार घर जलेर खरानी भएका छन्। मोरङ, ताप्लेजुङ र सोलुखुम्बुमा आइतवार राति दीपावली गर्ने क्रममा चार घर जलेर खरानी भएका हुन्। त्यसक्रममा जलेर एकजना बालकको ज्यान गएको छ भने करिब ५० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर खरानी भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

मोरङको पथरी शनिस्‍चरे नगरपालिका(५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ। आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो। आगोमा जलेर टिनको छानो भएको एक तले घर पनि पूर्णरुपमा नष्ट भएको छ। घरभित्र रहेको नगद ९५ हजार, तीन तोला सुनका गहना, तीनतोला चाँदीका गहना, लत्ता कपडा पनि नष्ट भएको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। त्यसैगरी सोलुखुम्बुकको नेचासल्यान गाउँपालिका(२ कुमाल गाउँ निवासी रुपा नेवारको घरमा दीपावली गर्ने क्रममा शनिबार राति घर जलेको छ।

घरमा आगलागी हुँदा एक लाख ५० हजार नगद, ५ तोला सुन, १० तोला चाँदीसहित भौतिक सम्पत्ति जलेर नष्ट भएको छ। त्यस्तै मोरङको केराबारी गाउँपालिका(८ आमजुङेका उमेश बस्नेतको घरमा आइतवार राति ९ बजे दीपावली गर्ने क्रममा बालेको मैनबत्तीबाट घर जलेको छ। त्यसक्रममा साढे ४ तोलका सुनका गहना, ४५ हजार नगद जलेको छ। आगोले मूलघरसँगै ग्वाली पनि जलेर खरानी हुँदा २१ लाख बराबरको क्षति भएको छ।

पूर्वी नेपालको अर्को जिल्ला ताप्लेजुङक सिरिजंगा गाउँपालिका(२ खम्दिम्बेका रमेश भट्टराईको घरमा दीपावलीका क्रममा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छर आगलागीबाट तीन लाख नगद, किराना पसल र फर्निचर जलेका छन्। आगो निभाउन जुट्दा घरमुली भट्टराई पनि घाइते भएको ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ।