प्रथम पचालझरना अध्यक्ष कप बनगाड कुपिण्डेको पोल्टामा
कालीकोट । प्रथम पचालझरना गाउँपालिका अध्यक्ष कप खुल्लाको उपाधि बनगाड कुपिण्डे नगरपालिकाले हात पारेको छ । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाेे पुरुष टाेलीले रु. एक लाख एकासी हजार एक सय अठार पुरस्कार राशि सहित जित हात पारेको हो । त्यस्तै दृतीय स्थान रामारोशन गाउँपालिका अछामले हात पारेको छ ।
त्यस्तै महिला भलिवल प्रतियोगितातर्फ भने चिङगाड गाउँपालिका सुर्खेतले हात पारेको छ ।
कार्तिक ६ गतेदेखि पचालझरना गाउँपालिका ४ जारकोटमा भएको प्रतियोगितामा विभिन्न जिल्लाबाट खुल्ला पुरूष टिमतर्फ ९ वटा टिमलेे भाग लिएका थिए । त्यसैगरी महिलातर्फ ७ वटा टिमलेे भाग लगेका थिए ।
यस्तो छ परिणाम
पुरुष भलिबलतर्फ : बनगाड कुपिण्डे नगपालिका सल्यान
पुरस्कार राशि: रु. एक लाख एकासी हजार एक सय अठार
द्ववीतीय : रामारोशन गाउँपालिका अछाम
राशी: एक लाख एघार हजार एक सय एघार
तृतिय : पलाँता गाउँपालिका कालिकोट
पुरस्कार राशी: पचपन्न हजार मात्र
ख. महिला भलिबल तर्फ
प्रथम : चिङ्गाड गाउँपालिका सुर्खेत
पुरस्कार राशी : एक लाख एघार हजार एक सय एघार मात्र
दितिय : वीरेन्द्रनगर नगरपालिका सुर्खेत
तृतिय : सान्नी त्रिबेणी गाउपालिका कालिकोट