क्रिकेट संघ माथिको निलम्बन सर्तसहित फुकुवा
प्रकासित मिति : २०७६ आश्विन २८, मंगलवार ११:१४
प्रकासित समय : ११:१४
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन सर्तसहित फुकुवा गरेको छ ।
युएइको दुबईमा हिजो र अस्ती बसेको आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो ।
शर्तका विषयमा प्रष्ट नखुलाए पनि निश्चित आर्थिक र प्रशासनिक मापदयण्ड तोकिएको बताइएको छ ।
आइसिसीकै स्वतन्त्र प्यानलले गत असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन गराएपछि निलम्बन फुकुवाको आधार बनेको थियो ।
निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन हुन नसक्नुलाई कारण मान्दै आइसीसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो ।