विदेशी रिमोट कन्ट्रोलमा नाचिरहेका नेपाली लिलीपुटरहरु

जतिबेला देशले अस्थिरता,निराशा,कुन्ठा,भ्रष्टाचारले जनतामा ब्याप्त छाएर अग्रगमन प्रगतिशील परिवर्तनको विकल्प खोज्न सुरु गर्दछ । त्यतिबेला बिदेशीले आफू अनुकुल अनुसारको पात्रको प्रयोगलाई पर्दामा देखाउने गर्दछ । यो इतिहास अहिलेमात्र नभएर झन्डै कोतपर्बदेखिनै चल्दै र चलाउदै आएको देखिन्छ । त्यतिबेलादेखि अस्तित्वमा रहेको नेपाली राजनीतिमा बिदेशी ज्यादती घुसपैठ र सक्रियताले गतिलो ठाउँ पाएको इतिहास अहिले झनै ससक्त बन्दै आएको छ ।

नेपालको राष्ट्रियता र प्रजातन्त्रको शिरमा तरवार ताकेर शान्तिको ब्यापार गर्ने नेपाली अनुहारमा बिदेशी राजनीति बोकेर केहिसमय चर्चामा आएको अनिवार्य देखिन्छ । राणाकालको अन्त्यकालागि खेलिएको महत्त्वपूर्ण प्रजातान्त्रिक आन्दोलनमा तत्कालीन नेपाली काग्रेस,राजा र राणाको बीचमा गलत तरिकाले अर्धउपनिवेश नेपालमा वैदेशीक हस्तक्षेप बढेको हो ।

जस्लाई प्रजातन्त्र भनेर परिभाषित गरिएको छ । त्यतिबेलाको प्रजातन्त्र नभएर राजा,काग्रेस र रानाहरु बीचमा भएको त्रिपक्षिय सम्झौतामा थियो । त्यसलाई प्रजातन्त्र दिबस भनेर धेरै समयसम्म स्थापित गर्न दुस्साहस गरेको पाइन्छ । त्यतिबेला राणा काग्रेस र राजालाई प्रयोग गर्ने मिसन एउटै थियो त्यसैको निरन्तरता स्वरुप ०१५ सालमा भएको चुनाव काग्रेसको दुर्इ तिहाई सरकार त्यसलाई ०१९ सालमा राजा महेन्द्रबाट प्रजातान्त्रिक हक अधिकार माथी फौजी कु गर्न लागाइयो । त्यस्बेलाको फौजी कु पनि अमेरिकी तथा भरतिय उक्सावट्मा भएको थियोे ।

त्यसपछिका राजा र प्रजातान्त्रिक शक्ति बीचमा बेलाबेलामा दन्द्ध सृजना गराउने र देशलाई अस्थिरतामा राखि राख्न बिदेशी शक्ति यथावत रहि आएको छ।

कसरी सक्रियरहेका छन बिदेशी शक्ति नेपालमा ?

नेपाली राष्ट्रियता जनतन्त्र र जनजिबिकासँग सवाल राख्ने शक्तिलाई निषेध र आफु अनुकुल रहने शक्तिलाई सधैं अस्तित्वमा राखि राख्न बिदेशी शक्ति अदृश्य रूपमा शक्तिमा मुलत सुगौली सन्धिदेखि रहदै आएको छ । जुनशक्तिले कोतपर्ब भण्डारकालपर्ब र अलौपर्ब जस्ता निकृष्ट हत्याको श्रृखंला घटाएको थियोे । जतिबेला राणा र दरबारलाई भिडाएर नेपाल सक्ने खेलमा थिए ।

त्यतिबेला साम्राज्यवादको चौतर्फी अन्तरबिरोधमा फस्नु भारतमा सत्याग्रह आन्दोलन सुरुहुनुले राणाहरुको साथ सहयोगमा पश्चिमा साम्राज्यवाद बाच्नुको विकल्प थिएन । भारत स्वतन्त्र पछि नेपालमा राणाको विरुद्धमा व्यापक जनबिद्रोहको सम्भावना देखेपछि राणा, राजा र काग्रेस बीचमा गराइएको सम्झौता नै तिनतिरको नेपाली जनचाहना र एकतर्फी बिदेशी स्वार्थमा नेपाललाई गिजोली राख्न सकिन्छ ।

भन्ने पश्चिमा साम्राज्यवाद र भारती काकुरे राष्ट्रबाद्को रिमोटले नेपाली राष्ट्रियता र प्रजातान्त्रिक अधिकारलाई बेलाबेलामा मानवीय नरसंहारको खेती गर्न सकिन्छ भन्ने हेतुले बसिरहेको देखिन्छ । २०१५ सालको मध्यावधि काग्रेसको दुइतिहार्इ बहुमत र २०१९ सालको फौजी कु गर्न लगाउने शक्ति र २०२८ सालमा झापा बिद्रोहमा समाहित मनमोहन अधिकारी सिपि मैनाली केपि वलिलाई तिन तिर गिजोलेर दरबारको केन्द्रित शक्ति प्रयोग गरेर हत्या र जेलको ठुलो नरसंहार खडागर्ने शक्तिपनि त्यहीँ थियोे ।

२०४६ सालको जन आन्दोलन पछि त्यतिबेला नै संविधान सभाको चुनावको जनचाहनालाई अगाडि आउन र ल्याउन नदिएर पन्चायती,बहुदल,र राजाबिचमा सम्झौता गराइएको थियोे । जसको केहिसमय भित्र जनताको सरकार प्रती आक्रोश र कुन्ठा पैदाहोस र फेरि अर्को जनबिद्रोह सुरु होस नेपाल अस्थिर बनी राखोस । जस्तो पछाडी जनयुद्ध सुरुभयो जनयुद्धलाई आफ्नो नियन्त्रणमा लिन भारत र पश्चिमा साम्राज्यवादिहरुले लामो कसरतपछि जनयुद्धलाई तिनतिर फण्डिङ गरियो ।

एउटा शक्ति पार्टीको लोकतान्त्रिक कारण अर्को शक्ती सबैको सहअस्तित्वमा शान्ती र संविधान अर्को शक्ति राष्ट्रियता,जनतन्त्र र जनजातिकाको पुर्न ग्यारेन्टीका लागि जनबादी क्रान्ति भारतिय रअ र सिआइएको गुरुयोजनामा कसरी जनयुद्धको क्रान्तिकारी शक्तिलाई तहसनहस बनाउन सकिन्छ भन्ने तिर लागे । फेरिपनी अस्थिर अशान्तिको भुमरीमा कसरी फसाउन सकिन्छ भनेर कोहि शक्तिलाइ जेल र केहिलाइ एकाएक चर्चामा ल्याएर संसदबादी सात राजनीति दल र माओवादीलाई बाह्रबुँदे सम्झौता अनुरुप नेपाललाई नब उपनिवेश र अस्थिरताको नयाँ जालोमा नेपाललाई फसाइएको छ ।

जनयुद्धको मुद्दाहरू एउटापनी स्थापित नगरि संविधानमा सबैजसो बिदेशी स्वार्थ र चाख अनुसारको संविधान निर्माण हुनु र मजदुर किसान महिला दलित जनजातिका अधिकार र समस्या यथावत राख्नुले तत्कालै अर्को आन्दोलनमा देश जानसक्ने खतराको मियो निर्माण गरिएको छ । किनकि १९ दिने जन आन्दोलन र दसबर्षे जनयुद्धको अत्यन्तै गम्भीर मुद्दाहरूको कुनैपनी सम्झौता भएको छैन । जसले कुन्ठा आक्रोश र बिद्रोह बाकिनै राख्न सकोस भन्ने हेतु हो।

हरेक परिवर्तनको पछाडी देखिने शक्ति कुन हो  ?

नेपाललाई हरेक पल्ट केहिन केही परिवर्तनमा सर्त सहितको बिदेशी चलखेल बढीको ऐतिहासिक तथ्यहरु छन । जब ती सर्तहरू मान्ने राजनीति शक्ति र दललाई एकैरातमा चर्चामा ल्याउने खासगरी रअ र सिआइएको पहलमा रहेको एनजीओहरुको भुमिका हो । तिनै एनजीओहरुले माओवादी जनयुद्धको बिसर्जन र देशमा धार्मिक तथा जातीय क्षेत्रिय कोन्ट्राहरु निर्माण गरेको पाइन्छ । जुनशक्तिले भण्डार खाल हत्या श्रृंखला सुरुवात गर्‍यो ।

त्यहीँ शक्तिले मदनकुमार भण्डारी रोयल मेसेकर हत्या र अहिले फेरि धार्मिक तथा साम्प्रदायिक दङ्गा खोल्ने र अस्थिरताको मुख्य चुरो यथावत राख्न आफ्नो पुरानै योजनाको आधुनिक प्रयोगलाई विभिन्न बहानामा लागू गरिरहेका हुन्छन । अब नेपाली राजनीतिलाई थप सङ्कटमा लिनको लागि जनताको असन्तुष्ट मागलाई अर्को गलत दिशामा मोड्नकालागी ठुलो धनराशि प्रयोगमा ल्याएर धार्मिक राष्ट्रवाद र नश्लिय राष्ट्रवादलाई स्थापित गरेर दन्द्धको बिजारोपनलाई राष्ट्रियकरण गरेर देशलाई असफ़ल राष्ट्रमा परिनत गराउन अर्को प्रयास गरिरहेका छन ।

सिके रावत मार्फत देश बिखण्डन गर्न नसक्ने देखेपछि उहीँ रिमोटबाट नयाँ पात्रको नेपाली राजनीतिको पर्दामा हिरोईन नचाउन थालिएको छ । ती जतिपनी चिल्लाउने पात्रहरु जुन मिसनबाट देशमा संकट निम्तिन थालेको छ त्यहिमिसनबाट निर्माण गरिएका ललिपुटरहरु हुन ।

बाह्रबुँदे पछिको बिदेशी चलखेल कस्तो रहयो ?

खासगरी साम्राज्यवाद तथा बिस्तारबादी साम्राज्यवादका नेपालमा घुम्ने शक्तिहरुले तत्कालीन माओवादी जनयुद्धको बिसर्जन गर्नेतर्फ होइन फेरि नयाँ तरिकाले अस्थिर युद्धको सुत्रपात गरेर माओवादी जनयुद्धको मिथ्या हल गरिएको हो । जनमुक्ति सेनाको प्रमाणीकरण र ब्यबस्थापन नै अबैध र अबैज्ञानिक तरिकाले गरिएको छ । अन्तर्राष्ट्रिय युद्ध सरदारले जुन योजनामा नेपाललाई युद्धबाट छुटकारा नपाओस भनेर योग्य र अयोग्य जनमुक्ति सेना भनेर प्रमाणीकरण गरिएको थियोे । त्यो नै पश्चिमा रणनीतिको एउटा सफलता थियो ।

जसले अर्कोपटक युद्धको तयारी गरोस् भनेर राखियो । दरबारलाई सकृय रूपमा बाहिर राख्नु अर्कोतिर मधेसीको समस्या राजनीतिमा नभएर भौगोलिक रूपमा हो । भन्ने पार्नु र एकातिर धार्मिक राष्ट्रवाद स्थापित गराउनु र अर्कोतिर अस्तित्वमा रहेको धर्मको बीचमा कसरी दन्द्धपैदा गराउन सकिन्छ । त्यो तिर वैमनस्य पैदा गराउने नै बाह्रबुँदे पछि देखिएको बिदेशी सक्रियता हो ।

त्योबाट नसकेपछि अब फेरिपनी निष्क्रिय शक्तिलाई हातमा लिएर युद्धको अर्को सुत्रपात गरिरहेका छ्न । त्यो शक्तिले कसरी नेपाललाई बिखन्डन गर्न सकिन्छ त्यो नै उनीहरुको आन्तरिक कसरत गर्ने गर्छन।

बिदेशी रिमोटकन्ट्रोलका पात्रहरू यसरी पर्दामा सकृय छ्न

समय समयमा अन्तर्राष्ट्रिय शक्तिको आड भरोसामा नेपाली जनताको समक्ष नेपाली अनुहारमा ती त्यस्ता पात्रहरू लोकप्रिय देखिन्छन् र अन्ततोगत्वा देशलाई दुर्गतितिर धकेल्ने कसरतमा लाग्ने छन । यहाँ नेर के बुझ्न जरुरी छ भने प्रचण्ड,बाबुरामलाई जुनतरिकालेसँगै बनाएर फुटाउने शक्तिले नै माओवादी पार्टीको फुट ओलि प्रचण्ड र केपि ओलिलाई तत्कालीन एमाले एमाओबादिलाई एकतामा लिने काम गरेको हो ।

बिदेशी शक्तिले तराईमा सिके रावतलाई उचालेर पहाडी नश्लिय उग्र राष्ट्रबादी धार खडा गर्न खोजेको ओलि प्रवृत्ति असफल भएपछि बिदेशी तत्वले खेल्न खोजेको यतिबेला अत्यन्तै नित्कृष्ट र डरलाग्दो छ। सरकारलाई निरंकुस र फासिबादी उन्मुख बाटोमा हिडाउने र सडकमा ब्यबस्था र राज्यको विरुद्धमा बिशाल जन आक्रोश पैदा गर्ने खेल खेलिरहेका छ्न ।

बिप्लव नेकपा माथी प्रतिबन्ध लागाउन लगाएर सिके रावतलाई सडकमा खुल्ला गराउने त्यहीँ सिके रावतको मुद्दामा सक्रियता पुर्बक सहयोग गर्दै आएको सुरेन्द्र भण्डारी जस्ता पात्रलाई उचालेर राजतन्त्रको ओकालत गर्न लागाउने शक्ति नेपालमा सक्रियता पुर्बक लागिपरेको छ ।

नेपालमा राजतन्त्रको सहि ओकालत गर्ने शक्तिलाई नियन्त्रणमा राखेर नेपाल बिखण्डन ल्याउन खोज्ने तत्वलाई सडकमा हिरो बनाउनेतर्फ पश्चिमा साम्राज्यवाद र भारतिय रअ फेरिपनी सक्रियता पुर्बक लागेका छन । रूपमा हेर्दा राष्ट्रबादी शक्ति देखिन्छ । सारमा अस्थिर र देश गिजोल्ने ध्यकासाथ लागेको हो । सरकार भ्रष्टाचारको दलदलमा फसेको अबस्थामा भुमाफिया र दलाल पुजीवादी शक्तिलाई शक्तिशाली बनाइ राख्न र आफ्नो स्वार्थ पूरा गर्न लागिएको बिदेशी तत्कालीन शक्तिलाई तह लगाउन उनीहरुको झिल्के पात्रको नेपाली अनुहार चिन्न नसके देशमा ठुलो रक्तपात हुने खतरापूर्ण संकेत देखिन्छ ।

राष्ट्रलाई बिना अर्थको दन्द्धमा धकेल्ने नन्दी भिरङ्गी चौसट्ठी योगिनी बिदेशी कुतत्वबाट त्यति कै परिचालित भएका थिए । उनिहरुकै पैतला मुनिबाट पलाएका मण्डले दासहरु निरन्तर उहीँ अबस्थामा रहि आएका छन । नेपालीहरु भ्रममा नपर्नु जरुरी के छ भने बिदेशी तत्वले नेपालको बर्तमान दुई नम्बर प्रदेशलाई केन्द्र बनाएर टुक्राउने र त्यसपछि जातीय बि फन्डिङ गरेर ताराको थारु र सि फन्डिङ पहाडको किराँत लिम्बुवानमा हमला गर्नेछन । उनीहरुले त्यहीँ अनुसार बाबुराम,आङ्काजी शेर्पा र सुरेन्द्र भण्डारी जस्ता पात्र मार्फत सिके रावतलाई नयाँ तरिकाले चर्चामा सक्रिय गराउन खेजेका छ्न ।

जसको प्रतिनिधित्व स्वरुप रेशम चौधरीलाई जेलमा राख्नु सिकेरावतलाई चर्चामा ल्याउने मिसन हो । हरेक युनिट र घरघरमा एनजीओ फन्डिङ सुरु भएको छ । यो कोष नेपाललाई बिखन्डन गर्ने र राजनीति अस्थिरता निम्त्याउन र बिदेशीले आफ्नो नियन्त्रणमा राखि राख्न त्यस्ता प्रतिनिधि पात्रको निर्माण र नस्ट गर्दछ्न ।

त्यहि मध्यका मिसन अन्तिम रक्तपातको सृजना गर्न सुरुगरेका छ्न । यदि अहिलेसम्मकै त्यस्ता बिदेशी तत्वबाट संचालित नीति सिद्धान्तको गहिरिएर अध्यन नगरी सरल लोकप्रियताको उग्रवादी नाराको पछाडी लागेर अगाडि बढने कोसिस गरेपछि नेपाली र नेपालको अस्तित्वमा खतरा आउने संवत् देखिन्छ ।