नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच छ बुँदे सम्झौता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्यसनिष्ट पार्टीबीच छ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई कम्युनिष्ट पार्टीबीच भाइचारा स्थापना गर्ने उद्धेश्यले पहिलो पटक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
दुई पार्टीबीच भएका ६ बुँदे सम्झौता निम्न रहेका छन ।
१)उच्चस्तरीय भ्रमण
२) कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३)पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान
४) युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान
५) जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६) विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन