दशैँको सन्दर्भ पारी बाँकेमा जम्मा भए जाजरकोटी
काेहलपुर,बाँके दशैँको सन्दर्भ पारी बाँकेमा बसाइसराई आएका जाजरकोटी जम्मा भएका छन । जाजरकोटी सामाज बाँकेले आयोजना गरेको तेस्रो साधारण सभामा जम्मा भएका हुन ।
जाजरकोटी समाज बाकेको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार विशेष कार्यक्रमका बिच समाजको तेस्रो साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पुर्व एसएसपि तथा कार्यक्रमका प्रमुख अतिथि मान बहादुर शाहीले बाँके जिल्ला जाजरकोटीहरुको उपस्थिती बाक्लोे रहेपनि सामुहिक कार्यमा सक्रियता न्युन रहेको भन्दै दुख ब्यक्त गरेका थिए ।
‘जाजरकोटीको सँख्या बाँकेमा बाक्लो छ तर कार्यक्रममा भने उपस्थिती सधैं कम देखिन्छ’ शाहीले भने ‘अबका दिनमा आयोजना गरीने कार्यक्रममा जाजरकोटीहरुको उपस्थिती भव्य रहोस ।’
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति किशोर कृष्ण भण्डारीले जाजरकोटि समाजले अहिलेसम्म राम्रो काम गर्दै आएको बताए ।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका र पहाडी भेगबाट वसाई सरी आएका विरामीहरुको उपचारमा समाजले सहयोग गर्दै आएको भण्डारीले बताए । समाजको तथ्याङ्क अनुसार बाँके जिल्लामा २५ हजार हाराहारीमा जाजरकोटीहरुको वसोवास रहँदै आएको छ ।