ब्वायलर कुखुरालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने गिरोह पक्राउ
प्रकासित मिति : २०७६ आश्विन ४, शनिबार १४:५३
प्रकासित समय : १४:५३
नेपालगन्ज,बाँके ब्वायलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेको प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका गरी सय जति चल्ला बरामद गरिएको छ ।