नेपालगन्ज नर्सिङ होम अगाडी भयानक दुर्घटना, एक महिलाको ज्यान गयो
प्रकासित मिति : २०७६ आश्विन ४, शनिबार १८:३८
प्रकासित समय : १८:३८
नेपालगन्ज ।बाँके, नेपालगन्जको नर्सिङ होम अगाडी मोटरसाइकलले ठक्कर दिदा एक जना महिलाको ज्यान गएको छ। शनिबार बिहान साढे १० बजे स्पेलेन्डर मोटरसाइकलले पैदलयात्री अन्दाजी २२ बर्षकि महिलाई ठक्कर दिदा गम्भीर घाइते भएकी महिलाको नर्सिङ होम लैजादै गर्दा मृत्यु भएको हो ।
मृतक महिलाको ठेगाना दाङको गढवागाउँपालिका वडा नम्बर ७ रहेको अस्पताल प्रहरीले जानकारी दिएको छ। उनको टाउकोमा चोट लागेको थियो।
ठक्कर दिने मोटरसाइकल फरार रहेको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ । फरार रहेको मोटरसाइकल र चालकको खोजीका लागि सबै स्थानका प्रहरी युनिटलाई जानकारी गराइसकेको नेपालगन्ज ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक भिम ओलीले बताए।