समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ – मुख्यमन्त्री शाही
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीको समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पूरा गर्दै समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागि परेको बताए ।
मुख्यमन्त्री शाहीले सरकार बनेको डेढ वर्षको अवधिमा धेरै काम भएकाे दावी गरे । जनताकाे मन जित्न सरकार लागिपरेकाे समेत बताए ।
मुख्यमन्त्री शाहीले भने अत्यावश्यक कानून तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयहरुको स्थापना, योजना आयोगको गठन, आपतकालीन उद्धार तथा राहत वितरण, सवै नागरिकको विपद दुर्घटना बीमालगायतका कामहरु सरकारले गरेको बताए ।
प्रशासनिक संरचना, कानून, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका बाबजुद पनि छोटो अवधिमै कर्णाली प्रदेश सरकारले विकास र समृद्धिको जग निर्माण गर्न सरकार सफल भएको मुख्यमन्त्री शाहीको भनाइ छ ।