राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
प्रकासित मिति : २०७६ आश्विन २, बिहीबार १२:१४
प्रकासित समय : १२:१४
काठमाडौं ,राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। भदौं ३१ गते राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई प्रतिनिधीसभाले आज सर्वसम्मतीले पारित गरेको हो।
राहदानी विध्यकका बारेमा सांसद पुष्पा भुसाल र नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि गरेको छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएपछि उक्त विधेयक सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा निणर्यार्थ पेश गरेका थिए।
राष्ट्रियसभाको मंगलबारको बैठकले राहदानी विधेयक २०७५ माथि विधायन व्यवस्थापन समितिको संशोधन अनुसार परिमार्जन गरी पारित गरेको थियो। राष्ट्रपति विद्याभण्डारीले फिर्ता आएको विधेयक भने विधायन व्यवस्थापन समितिको संशोधनअनुसार परिमार्जन गरी राष्ट्रिय सभाले पारित गरेको थियो।