संसदको वर्षे अधिवेशन अन्त्य, १८ वटा विधेयक पारित

काठमाडौँ, संघीय संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य भएको छ। गएको वैशाख १६ गते सुरु भएको वर्षे अथात् बजेट अधिवेशन संघीय संसदका दुवै सदनबाट १८ वटा विधेयक पारित भएका छन्।

यो अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ को सरकारको नीति तथा कार्यक्रम र बजेट संघीय संसदका दुवै सदनबाट पारित भएको छ। सभामुख कृष्णबहादुर महराका अनुसार प्रतिनिसभाले यो अधिवेशनमा एक सय ४४ दिन चालु रहेको र यो अवधिमा एक सय ९३ घण्टा ४० मिनेट ससंदीय काम कारबाहीमा व्यतित गरेको छ।