ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट
प्रकासित मिति : २०७६ आश्विन १, बुधबार १३:५७
प्रकासित समय : १३:५७
काठमाडाैं- नेपाल एयरलाइन्सले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत हवाइ भाडा छुट दिने निर्णय गरेको छ। यसरी छुट पाउने रकम जुनसुकै स्थानबाट टिकट काट्दा पनि उपलब्ध हुने निगमले जनाएको छ।
निगमले १० आन्तरिक उडान गर्दैआएको छ। निगमले यस्तो छुट अन्तर्राष्ट्रिय उडानमा भने दिने छैन। निजी वायुसेवा निगमले जेष्ठ नागरिकलाई छुट दिन नसकिने भन्दै विरोध गरेको समयमा निगमले यस्तो निर्णय गरेको हो।
पर्यटनमन्त्री योगेश भट्टराईले हवाइ भाडा छुट दिने विषयमा अध्ययन गर्न एक समिति निर्माण गरेका छन्। निजी वायुसेवा निगमका सञ्चालकहरुको समस्या र छुटका बारेमा उक्त समितिले अध्ययन गरी प्रतिवेदन दिने र सोही अनुरुप लागू गर्नका लागि मन्त्रालयले यस्तो समिति गठन गरेको हो।