सासंदहरुले भने लैगिंक समास्या समाजिक रुपमा मात्र नभई कानुनी ढंगले हल हुनुपर्छ

कोहि नागरिक शिक्षबाट बञ्चित हुनु हुदैन

काठमाण्डौ । नेकपाका सासंद खगराज अधिकारीले लैगिंक समास्या कानुनी रुपमा नै हल गर्नु पर्ने बताए  । काठमाडौँमा मितिनी नेपालद्धारा आयोजीत शिक्षमा यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायको उपस्थीती र समास्याका बारेमा भएको अन्तरक्रिया कार्यक्रममा सासंद अधिकारीले सामाजिक रुपमा आउने समास्या कानुनी रुपमा हल गर्न अहिलेको संबिधान बोलेको बताए ।

त्यस्तै नेकपा कै सासंद गजेन्द्र बहादुर महतले सामाजिक कुरितिहरु बिस्तारै हटदै गएकोले अब लैगिक सामस्या जब्बर रुपमा नहुने बताए । सासंद महतले समाजिक समास्या साकाजिक रुपम नै हल हुने दाबी गरे । कार्यक्रममा सासंदहरु हित बहादुर तामाङ, सरीता न्यौपाने, रेखा कुमारी, जीवनराम श्रेष्ठ, चित्रलेखा यादव, लगातका संसदहरुले लैगिक समास्या सामाजको प्रम्ख समास्याको रुपमा रहेको भन्दै यसलाई निराकरण गर्न सबै सचेत हुनुपर्ने बताएका थिए ।

आफ्नो क्षेत्रबाट यस समुदायका लागी काम एवंम सहयोग गदै आएको र आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा कसरी आगामी आर्थिक वर्षमा यस समुदायका ब्यक्तिहरुलाई समेटनुको साथै अगाडी बढ्न के कसरी सहयोग गर्न सकिन्छ । यस विषयमा आफुहरुले गम्भिर रुपमा सोचेर अगाडी बढ्ने र यस समुदायका समस्याहरुको बारेमा सोचनिय रुपमानै अगाडी बढेर सहयोग गर्ने कुरा उपस्थित सबै संसदहरुले प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै कार्यक्रममा यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका व्यक्तिहरु समाजमा आफ्नो यौनिकताको कारणले हरेक क्षेत्रमा पछाडी पदै गएको साथै परिवारले आफ्नो यौनिकताको बारेमा साथै आफ्नो बारेमा प्रष्ट नबुझी दिदा आफु शैक्षिक क्षेत्रबाट समेत बञ्चित हुदै जानु परेकोमा एलजीबीटीआई समुदायका ब्यक्तिहरुले उक्त कार्यक्रममा गुनासो पोखेका थिए ।

कार्यक्रममा शिक्षा तथा स्वास्थ्य समितिका संसदहरु, विभीन्न क्षेत्रमा आवद पत्रकारहरु लगायत मितिनी नेपालमा आवद्ध एलजीबीटीआई समुदायका सबै व्यक्तिहरुका साथै अन्य ब्यक्तिहरुको समेत प्रमुख उपस्थिती रहेको थियो ।

आफ्नो क्षेत्रबाट यस समुदायका लागी काम एवंम सहयोग गदै आएको र आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा कसरी आगामी आर्थिक वर्षमा यस समुदायका ब्यक्तिहरुलाई समेटनुको साथै अगाडी बढ्न के कसरी सहयोग गर्न सकिन्छ । यस विषयमा आफुहरुले गम्भिर रुपमा सोचेर अगाडी बढ्ने र यस समुदायका समस्याहरुको बारेमा सोचनिय रुपमानै अगाडी बढेर सहयोग गर्ने कुरा उपस्थित सबै संसदहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।