फेस अफ नेपालगन्ज सिजन २ को उपाधी प्रजवल र रितिको पोल्टामा
प्रकासित मिति : २०७६ भाद्र ३०, सोमबार १७:५६
प्रकासित समय : १७:५६
नेपालगन्ज, बाँके फेस अफ नेपालगन्ज सिजन २ को फाइनल सम्पन्न भएको छ । सिजनको बिजेता पुरुष तर्फ प्रज्वल कार्की र महिला तर्फ रिति शर्मा रहेका छन ।

भाद्र ७ गते बाट सुरु भएको प्रतियोगिता साेमबार भब्य रुपमा फाइनल गर्न लागिएको थियो। भाद्र ७ मा सम्पन्न अडिशनबाट ४० जना मध्ये १५ जनालाई छ्नौट गरिएको थियो। जसमा १२ जना महिला ३ जना पुरुष रहेका थिए।
छ्नौट भएका १४ जना सहभागीहरुलाई २ हप्ताजति तालिम गराइएको इभेन्ट डाइरेक्टर प्रकाश कुवरले बताए ।युवाहरुमा सकारात्मक परिवर्तन तथा उनिहरुको नेतृत्व क्षमता अभिबृद्दी गराउने उद्देश्यका क्रियाकलाप गर्न लागिएको कुवरको भनाई छ।
यो भन्दा अगाडि समेत विभिन्न प्रतियोगिताहरु सन्चालन भैसकेको को आयोजक टिमले जानकारी दिएकाे छ ।

