वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने – सासंद रोकाया

बाँके, बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद नन्दलाल रोकायाले वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने बताएका छन । राेकायाले ‘वडाध्यक्ष एकदमै बेकसुर छ । वडा मुद्दा लगाउने भन्नु कुरा तै सहन सक्दैन । कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं’, रोकाले भने ।

सोमबार प्रतिनिधीसभाको बैठकमा बोल्दै सांसद रोकाले वडा नम्बर १ का कांग्रेस कार्यकर्ता भुवन सिंह थापा र ७ का अस्लाम भाटको विवादमा यो घटना भएको दावी गरे । बाँकेको खजुरामा नेकपाका कार्यकर्ताले कांग्रेसको कार्यक्रममा आक्रमण नै नभएको दाबी गरे । 

भुवनसिंहको पक्षमा रहेका चार जना कांग्रेसको कार्यक्रममा गएको र उनीहरु मध्ये तीन जना हलमा प्रवेश गरेको भन्दै सांसद रोकायले भने , कसैले हात पात गरेको छैन । धकेलाधकेल पनि भएको छैन । ‘करिव डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न सक्दैन’, उनले भने ।

  यसबारे संसदीय छानविन समिति बनाउनुपर्ने उनको माग छ । नेकपा सांसद रोकाय बोलिरहँदा नै कांग्रेस सांसदहरू उठिसकेका थिए ।

रोकाले बोलिसके लगतै रोष्टम घेराउ गर्दै नाराबाजी गरे । सभामुखले यसबारे केही भन्छु भन्दा पनि नाराबाजी रोकिएन र संसद १ असोजसम्मका लागि स्थगित भयो । रोकायाले मल्ललाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसदमा नयाँ गत्यावरोध सृृजना भएको छ । संसद सुचारु गर्न सहमत भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको छ र, बैठक स्थगित भएको छ ।

बाँके घटनालाई लिएर खजुरा गाउँपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । त्यसअनुसार सोमबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सदनको दबाबपछि जाहेरी दर्ता भएको भन्दै अवरोध हटाउने बताइन ।

जिल्ला सभापति किरण कोइरालाको हात नभाँच्चिएको भन्दै उनले कसैमाथी आक्रमण नभएको टिप्पणी गरे। नेपाली काँग्रेसले नेता कार्यकर्तामाथी भएको आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार जिल्ला प्रशासनमा धर्ना दिएको छ ।