‘राजनितिक पुर्वाग्रहमा निर्दोषलाई फसाउन खोजे परिणाम राम्रो नहुने बाँकेका युवाहरुको चेतावनि

नेपालगन्ज,बाँके नेकपा निकट भातृ संगठनका युवाहरुले बाँकेको खजुरामा घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । खजुरा घटनामा निर्दोषलाई फसाउन खोजीएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने उनिहरुले चेतावनी समेत दिएका हुन ।

नेपाली काँग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियानका दौरान बाँकेको खजुरामा आयोजित कार्यक्रममा भएको घटनामा नेकपा कार्यकर्ताको कुनै संलग्नता नरहेको युवाहरुद्धारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनालाई राजनितिक रुप दिएर नेकपाका नेता कार्यकर्ताहरुलाई फसाउन खोजीएको भन्दै युवाहरुले विरोध जनाएका छन । आईतबार युवा संघ नेपाल, वाईसियल नेपाल, अनेरास्ववियु बाँके र अनेरास्ववियु क्रान्तिकारी बाँकेले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी खजुरा घटनालाई अतिरञ्जित गर्न खोजिएको बताए । काँग्रेसभित्रकै विवादलाई उचालेर नेकपालाई बदनाम गराउने प्रयास गरिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ । 

घटनाका वास्तविक दोषीलाई कानुन बमोजिम कारवाही गर्न समेत उनीहरुले माग गरेका छन । राजनितिक पुर्वाग्रहका आधारमा निर्दोषलाई फसाउन खोजे कडा आन्दोनलमा उत्रने चेतावनी दिदै युवाहरुले घटनामा घाईते भएकी बाँके काग्रेस सभापती किरण कोईरालाको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन । साथै उनिहरुले काँग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियानको सफलताको शुभकामना समेत ब्यक्त गरेका छन ।