बिप्लव नेकपा झापाका सेक्रेटरी र ‘जनसरकार’ प्रमुख पक्राउ

काँकडभिट्टा, झापा प्रहरीले सोमबार बिहान नेत्रविक्रम चन्द बिप्लव नेकपाका झापाका जिल्ला सेक्रेटरी र ‘जनसरकार’ प्रमुख टीका पोख्रेललाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रबिण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको हो । पार्टी कामको सिलसिलामा उनीहरु मोटरसाइकल चढेर जाँदै गरेका थिए ।