लामखुट्टे धपाउन बालिएको धूपले गोठमा आगलागी हुदा
प्रकासित मिति : २०७६ भाद्र २७, शुक्रबार ११:२६
प्रकासित समय : ११:२६
पर्सामा लामखुट्टे धपाउन बालिएको धूप सल्केर गोठमा आगलागी हुँदा ८ पशुवस्तु मरेका छन्। पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको फुसको छानो भएको गोठमा आगलागी हुँदा १ भैंसी, २ पाडी, ३ वटा खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय (पर्सा)ले जनाएको छ।
आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भएका छन्। मानवीय क्षति भएको छैन। प्रहरीका अनुसार आगलागीबाट ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।