काँग्रेसले घटनालाई राजनितिकरण गर्यो – नेकपा बाँके
नेपालगञ्ज, नेकपा बाँकेले ब्यक्तिगत घटनालाई नेपाली काँग्रेसले राजनीतिकरण गरेको आरोप लगाएको छ ।आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेकपा बाँकेले काँग्रेसले घटनालाई अतिरन्जीत गर्दै राजनितिकरण गरेको बताएको हो । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका सन्दर्भमा भएको घटनाप्रति नेकपा बाँकेले दुःख व्यक्त समेत गरेको छ ।

नेकपा बाँकेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष आइपी खरेलले ब्यक्तिगत घटनालाई राजनीतिकरण गर्दै नेकपा पार्टी र कार्यकर्ता विरुद्ध लगाइएको गम्भिर आरोपप्रत असहमति जनाएको छ । काँग्रेस लगायत कुनैपनि पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने पार्टीको नीति नभएको भन्दै नेकपाले सहकार्यको मुल्य र मान्यतालाई मध्यनजर गर्दै विषयको गाम्भिर्यतालाई आत्मसाथ गर्न नेकपाले आग्रह गरेको छ ।
भिडियो खिच्ने, प्रहरीमा उजुरी गर्ने काँग्रेसकै कार्यकर्ता हुन, पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष खरेलले भने प्रहरीले खोजीरहेका असलम भाटलाई प्रहरीलाई बुझाउन गएका पार्टीका समर्थकलाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन दबाब दिनु अतिरञ्जित गर्नु हो । घटना काँग्रेस लक्षित नभएको भन्दै खरेलले काँग्रेसको कार्यक्रममा जानु समर्थकहरुको गलित भएको स्वीकार गरे ।

