यसकारण जात्रा हेर्न गएका पूर्वडिआइजी भट्ट परे प्रहरीको फन्दामा
प्रकासित मिति : २०७६ भाद्र २७, शुक्रबार १४:५२
प्रकासित समय : १४:५२
काठमाडाैँ, इन्द्रजात्रामा उछृंखल गतिविधि गरेको भन्दै प्रहरीले पूर्वडिआइजी विजयराज भट्टसहित केही व्यक्तिहरूलाई पक्राउ गरेको छ। काठमाडौं वसन्तपुर क्षेत्रबाट शुक्रबार कार्यक्रम बिथोल्न खोज्ने व्यक्तिहरूलाई नियन्त्रण लिने क्रममा पूर्वडिआइजी भट्ट पनि परेका हुन्।
वसन्तपुर क्षेत्रमा आयोजना भएको कार्यक्रममा उछृंखल गतिविधि भएको र कार्यक्रममै अवरोध पुग्ने भएपछि केही व्यक्तिहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यस सिलसिलामा भट्ट पनि पक्राउ परेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।
उनले पक्राउ परेका व्यक्तिहरूको संख्या र नाम आइनसकेको बताए। वसन्तपुर क्षेत्रमा इन्द्रजात्राका सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पक्राउ परेकालाई पुलिस क्लवमा राखिएको छ।