लौ न कसरी पो जाने होला पारी ?
प्रकासित मिति : २०७६ भाद्र २६, बिहीबार १४:०२
प्रकासित समय : १४:०२
रसुवा–रसुवाको कालिका गाउँपालिका–१ राम्चेभीर नजिकै पहिरो गएपछि सर्वसाधारणलाई आवतजावत गर्न समास्या भएको छ । जिल्लाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि आवत जावत गर्न समास्या भएको हो ।

जोखिम मोलेर गन्तव्यतर्फ यात्रु
राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ । राजमार्ग अवरुद्ध भएसँगै सर्वसाधारणले भत्किएको सडकबाट जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।