सत्तारुढ नेकपामा छुट्टाछुट्टै गुट, माथि देखी तल सम्म विवादै विवाद
प्रकासित मिति : २०७६ भाद्र २५, बुधबार ०९:१३
प्रकासित समय : ०९:१३
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ ।
नेकपा भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापाल छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो ।
नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि सचिवालय बैठकले सामाजिक सञ्जालमा टिप्पणी गर्नै नपाउने निर्णयसमेत गर्नुपरेको थियो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।