राजनीतिक पूर्वाग्रही ढंगले किटानी जाहेरी गरिएको प्रति नेकपा अछामको आपत्ती(विज्ञप्ती सहित)
अछाम, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले घटनाको सत्यतथ्य छानबिननै नगरी आफ्नो पार्टीका जिम्मेवार नेता तथा पार्टी समर्थक केही व्यक्तिको नाम जोडी षड्यन्त्र पुर्वक तरिकाले प्रहरीमा किटानी जाहेरी गरिएको प्रति गम्भिर आपत्ती जनाएको छ ।
उक्त पार्टीका जिल्ला सेक्रेटरी कौशलले एक विज्ञप्ती जारी गर्दै भादौ १६ गते ढकारी गाउँपालिका स्थाई घर भएका ३९ बर्षिय लोकेन्द्र बहादुर शाहीको अल्पयुमै मृत्यु भएको घटना प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै पार्टी एकदमै मर्माहित भएको बताएका छन् ।
साथै, उक्त दु:खद घटनाको सत्य तथ्य छानविननै नगरी उक्त घटनामा जोडेर पार्टीका जिम्मेवार नेताद्दय कविन्द्र शाही, तपेन्द्र शाही र स्थानिय राजेश शाहीको मात्र नाम जोडेर केही ब्याक्तिहरुको पहलमा राजनीतिक पूर्वाग्रही ढंगले बदनाम गर्ने र दमन गर्ने मियतका साथ किटानी मुद्धा दायर गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको वताएका छन् ।
विज्ञप्तिमा अघाडी लेखिएको छ ‘मूर्तकको लाशमाथी अनावस्यक राजनितीक र पर्वाग्रही ढंगले दायर गरिएको मुद्दा फिर्ता लिन र पुनःविचार गर्न सम्वन्धित पक्षलाई अनुरोध गरिन्छ । साथै हाम्रो पार्टी दु:खद घटनाको सत्य तथ्य छानबिन गर्न सम्भिरताका साथ लाग्ने र उक्त छानबिन प्रक्रियालाई सहयोग गर्न सबैमा अपिल गरिएको छ । घटनाको पुन: विचार नगरिएमा आफ्नो पार्टी सशक्त तरिकाले कदम चाल्ने समेत वताएका छन् ।
यस्तो छ विज्ञप्ती