नेपाली कामदार जापान जाने निश्चित, परीक्षा कात्तिकमा
प्रकासित मिति : २०७६ भाद्र १८, बुधबार ११:००
प्रकासित समय : ११:००
काठमाडौं, लामो समयदेखि अन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ ।
जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुलाउने भएपछि नेपाली कामदार जापान जाने निश्चित भएको हो । जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुल्ला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ ।
जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको हो ।
जापान जाने कामदारसँग निश्चित शुल्क लिन पाइँदैन् । बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुबै देशका सरकारले आफ्ना निकायमार्फत् काम कारबाही अघि बढाउने भएका छन् ।
परीक्षाका लागि भने प्रवेश शुल्कवापत करिब एक हजार रुपैयाँ लाग्ने छ । नयाँपत्रिका दैनिकमा खबर छ ।