जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे, २५२ अझै बेपत्ता

 

जाजरकोट, जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरेका छन् ।

कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका भेडा मरेका हुन भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् ।

यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाइ छ ।