प्रधानमन्त्री ओलीको छैटौंपटक प्लाज्माफेरेसिस

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौला सम्बन्धी एन्टिबडी’ को उपचारका क्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ ।

१२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन गर्दै करिब डेढ महिना अघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया शुरु भएको हो ।

प्राप्त जानकारी अनुसार दिन बिराएर गरिराखिएको रगत शुद्धीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार समाप्त हुनेछ ।

यस अघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने कुरा भए पनि शनिबार सम्म लाग्न सक्ने एक चिकित्सकले बताए । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।