सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।पुनले शनिबार सिंगापुर पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै सोमबार र बुधवारको जाँच पश्चात उनी नेपाल फर्कने जानकारी दिए । गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।