नेपालगन्जका पत्रकार श्रेष्ठ विरुद्ध पक्राउ पूर्जी जारी

नेपालगन्ज ,नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठका विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठका विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता गरे लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेबाट पक्राउ अनुमति लिई पक्राउ पूर्जी जारी गरिएको हो ।

अभद्र व्यवहार सम्वन्धि कसुर गरेको आरोपमा श्रेष्ठ विरुद्ध मुद्दा दर्ता भएको प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले जानकारी दिउ  ।ओलीका अनुसार  मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार सम्वन्धि कसुर अन्तर्गत् श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो ।

एसपी ओलीले बेहनाले ९ दिनअघि नै जाहेरी लिएर आएपनि आफूले मेलमिलापका लागि समय दिएको बताउँदै उहाँहरुबीच मेलमिलाप नभएपछि बेहनाको आग्रहमा आज मुद्दा दर्ता गरिएको बताए  । ‘बेहनाले मैले न्याय पाउने कि नपाउने भनेपछि  मुद्दा दर्ता गरिएको हो’, एसपी ओलीले भने  ।

 श्रेष्ठका विरुद्ध मुद्दा दर्ता गरेका वडा नम्बर ४ का वडा अध्यक्ष बेहनाद्वारा पत्रकार श्रेष्ठले पटक पटक आफूलाई डर, धाक, धम्की दिई गैरकानुनी लाभ(फिरौती) लिएको साथै गत असारमा वडा कार्यालयभित्र प्रबेश गरी फिरौती माग गरेको बताएइएकाे छ  ।

मुलुकी अपराध संहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत् दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए १ बर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ ।