सवैखाले गलत प्रवृतिका विरुद्ध एकिकृत जनक्रान्ति

यतिबेला नेपाल एउटा विशिष्ट मोडमा उभिएको छ । क्रान्ति सन्निकट भबिश्यमा उभिएको छ । सम्भावना र चुनौतिका ढोकाहरु प्रसस्त खुलेका छन । बादरको हातमा नरिवल भनेजस्तै संसदबाद यतिबेला लुछाचुढीको केन्द्र बनेको छ । संसदबादीहरुको नौटंकीले मुलुक यतिबेला जब्बर समास्यामा फसेको छ । जनतामा सर्बत्र निराशा मौलाएको छ । क्रान्ति त्यसकारण पनि अपरिहार्य बनेको छ ।

देशमा शैक्षिक आर्थिक सामाजिक जस्तै राजनिती क्षेत्र पनि थुप्रै आरोह ,अवरोह र थुप्रै खालका भड्कावहरु छिचोली,कष्टकर यात्रा पार गर्दै फेरि पनि संक्रमणकालको जंघारमा आइपुगेको छ । यसो भनौँ संसवादीहरुको लुछाचुडि सतहमै आएको छ । भने क्रान्तिकारी शक्ति पनि घनिभुत संघर्षरत छन ।

खासगरि विगतमा जे जस्ता आन्दोलन र सामाजिक क्रान्ति भएता पनि उत्कर्षमा नपुगेको इतिहास जगजाहेर छ ।
हुनत लखन थापाले १९३३ सालमा गरेको विद्रोह नै राजनैतिक कालखण्डमा पहिलो मानिन्छ । निरङकुश राजतन्त्रको अन्त्यसँगै २००४ सालमा नेपाली काङ्ग्रेसकोको स्थापना भयो । २ ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । स्थापना सँगसँगै वर्ग समन्वयवाद,आत्मसमर्पणवाद,सम्झौतावाद,विर्सजनवाद,गुट फुट,सुधारवाद जस्ता रोगहरुले नेपाली कम्युनिष्ट आन्दोलन वेला न कु वेला थिलथिलो वनेको छ ।

जुन नेपाली कम्युनिस्ट आन्दोलन को दुर्वल पक्ष हो । २००७ सालमा काङ्ग्रेसले मुक्ति आन्दोलनको सुरुवात गर्यो । त्यहि वेला राणा भारत र काङ्ग्रेस विच त्रिपक्षिय सम्झौता भयो । २००८ सालमा सुदुरपश्चिमका किसान नेता भिमदत्त पन्त विद्रोहको उठान गरे । जसको जोत उसैको पोत भन्ने नारा नै लोकप्रिय भयो ।

उक्त आन्दोलन माथिको तिव्र दमनले उहाँको हत्या भयो ।२०१५ सालमा विपिहरुको पार्टी नेपाली काङ्ग्रेसले वहुमत प्राप्त गर्यो । २०१८ सालमा राजा ले कु गरे पश्चात् फेरि काङ्ग्रेसले शसस्त्र संघर्ष सुरु गर्यो । इतिहाँस हेर्दा नेपाली जनताको संघर्षको इतिहास पनि कम रोचक छैन ।

२०२८ सालमा झापामा त्यो वेलाका कम्युनिस्टहरुले झापा जिल्ला कमिटी नेकपा गठन पश्चात् सिपि मैनालिहरु केपि ओलिहरुले आन्दोलन सुरु गरे । त्यो पनि केही समयमै टुङगियो ।तत्तपश्चातका ०३६ र ०४६ सालमा क्रमश आन्दोलन भए । २०५२ सालमा तत्कालीन व्यवस्थाको विरुद्धमा नेकपा (माओबादी) ले जनयुद्धको विगुल फुक्यो । २०६२ र ०६३ सालमा पनि १९ दिने जनआन्दोलन भयो ।

नारायणहिटी वस्ने ज्ञानेन्द्रलाई नागार्जुनको जंगलमा पठाइयो । अझै पनि वेलावखत यस्ता आन्दोलनका झिल्का उठिरहेको हामी प्रष्टै देख्न सक्छौ । इतिहाँस साक्षि छ कि यी र यस्ता वेला वेलामा हुने परिवर्तन ,विप्लवी स्वरहरुलाई जनताको व्यापक सहभागितामा कुनै न कुनै हिसावले सफल भएको पाईन्छ ।

वढ्दो राष्ट्रिय राजनीतिक संकट नेपाललाई फेरि एक पटक युद्ध क्रान्तिको जंघारमा ल्याईदिएको छ । तिन पटक असफलसिद्द र मसानघाटसम्म पुर्याईएको संसदिय व्यवस्थालाई फेरि व्युझाउने चेष्टा संसदवादी पार्टीहरुले गरिहेका छन । अझ भनौ वालुवाका महल भित्रका दिवा सपनाहरु जनतालाई वाँढ्दै फेरि संसदिय व्यवस्थालाई वैधानिकता तुल्याउन लागि परेका छन ।

इतिहासले फेरि एउटा नाटकको मञ्चन गरिदिएको छ । कि माछा मार्न जाने एक थरि झुण्ड र तरुल कोर्न जाने अर्को झुण्ड विच को एकता भएको छ । माओवाद छाडे, लेनिनवाद छोडे,र माक्र्सवादलाई पनि कुल्चेर हिड्न वेर छैन । यसो हेर्नु भयो भने काङ्ग्रेस र सरकारि नेकपा विच खासै फरक छैन । स्वाद र आकारका हिसाबले पेप्सि र कोकाकोला जस्तै हुन । संसदवादि पार्टी र क्रान्तिकारी ,देशभक्तहरु विचको संघर्ष वेहद चुलिएको छ।

क्रान्तिकारी हरुलाई आ आफनै दुना सोझ्याउने भन्दा पनि सवैलाई एक ठाउमा उभिनुपर्ने आवश्यकता औँलाईदिएको छ ।वर्तमान सरकार वहुमतको उन्मादमा अत्तालिएर जनताको आवाजलाई दवाउने दमन गर्ने दुष्प्रयास गरिरहेको छ ।आफ्ना कुकर्म हरु सतहमै आएर छताछुल्ल भएपछि,त्यसलाई ढाकछोप गर्न, वर्तमान कुलायक व्यवस्थाका विरुद्ध विकल्प प्रस्तुत गरिरहेको नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिवन्ध लगायो ।

जुन पुरापुर असफल भईसकेको छ । जनताको तहवाट उच्च प्रतिरोध भैरहेको छ । संविधानले शान्ति ,स्थायित्व ,विकास,आर्थिक सम्वृद्दि हुन्छ । सिंहदरवारको अधिकार गाउँ गाउँमा पुग्छ,भन्ने उनिहरुको दिवा सपनाको महल ग्रल्यामगुर्लुम ढलेको छ । राष्ट्रियता एक पछि अर्को खतरामा फस्दै गईरहेको छ। राज्यको कुनै पनि निकाय भ्रष्टिकरणको नसाले अछुतो छैन ।

शिक्षा ,स्वास्थ्य लगायतका पुर्वाधारमा पनि दलाल हरुकै चलखेल छ । नेपालका नदिनाला,भुमि एकपछि अर्को विदेशी दलाललाई सुम्पेको छन । सवै हिसाबले राष्ट्रियता राष्ट्रवाद धरापमा परेको छ । यी सवै तथ्यलाई केलाउदा संसदीय व्यवस्था धरापमा परेको कुरा प्रष्ट हुन्छ ।

सबै संसदवादीदलहरु असफल भैसकेपछि नेकपाले यी सबै कुराको विकल्प प्रस्तुत गरिरहेको छ । व्यवस्था पद्धतिका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी मात्रै कहाँ उभिएको हो । नेपालको कलाकार,पत्रकार,राजनीतिक विशेषज्ञ र देशलाई सम्वृद तुल्याउन मध्यम वर्गिय तप्का पनि उभिएको छ ।

राज्य बिस्तारै परनिर्भर र पराश्रित वनिरहेको छ । वार्षिक ६ खर्व व्यापार घाटा मात्रै भारतसँग छ । युवाहरुको अभावमा गाउँहरु रित्ता छन,अस्त व्यस्त छन । दैनिक १८०० युवाहरु विदेशिन्छन,दैनिक ४ र ५ युवाहरुको लास भित्रिने कुरा दैनिकि जस्तै वनेको छ ।

भ्रष्टाचारको अभियोगमा अख्तियारको प्रमुख ,आयल निगमका प्रमुखहरु , प्रहरी प्रशासनका हाकिमहरु जेलमा सडिरहेका छन । मानसिकता विग्रेका मन्त्रीहरू छन । देश वनाउने मान्छेहरु हसाँउदै हिड्छन ।

मन्त्रीलाई तरकारी हिर्कायर लखेटिएका कुरा पनि सुन्यौ,हेर्दा सामान्य देखेपनि यसले संसदीय व्यवस्थाको औचित्यमाथी प्रश्न चिह्न खडा गर्दछ । तरकारीमा विषादी मापन गर्ने कुरा, वलत्कार,भ्रष्टाचार ,कमिशनखोर,वाइड वडि लगायतका यस्ता तनाम बिषयहरु छन । केही प्रतिनिधि मुलक घटना हेर्दा सरकार दलालिकरणको आहालमा डुवेको प्रष्ट देख्न सकिन्छ ।