पत्याउनु हुन्छ ? सिजाबाट यसरी हानेर पहाडै प्वाल पारे भिमसेन थापाले

मनै लोभ्याउने त्यो भिउदुलो !

हुम्ला,पछिल्लो समय हुम्लाको सर्केगाड गाउँपालिका बडा नं ८ मा रहेको भिउदुलो पर्यटकहरूलाइ लोभ्याउने अर्को महत्वपुर्ण थलो बनेको छ ।  भन्दा पत्यार नलाग्न सक्छ तर बास्तविक्ता गजबको छ ।

प्राकृतिक रूपमा एउटा सिंगो पहाडमा प्वाल परेको छ । त्यसलाई भिउदुलो भन्ने गरिन्छ । बुढापाकाले यसलाई जुम्लाबाट भिमसेनले हानेको ढुङ्गाले यस पहाडाई छेडेर सिमकोटको सिममा परेको भन्ने गर्दछन् । 

सर्केगाड गाउँपालिका वडा नं ८ रेहेको यो भिउदुलो स्थानीयबासी र पुराना जानकारवालाहरु अजिवको कथन सुनाउछन ।  तिब्बत ताउलाकोटको बिहार भत्काउने उदेश्यले भिमसेन थापाले तिर हानेका थिए । तर त्यो तिर त्यहि प्वाल भएर ताउलाकोट पुगेको बताइन्छ ।

सिजाबाट हानेको ढुंगा पहाडमा ठोकिएर शिबमन्दिरमा आएर बसेको बुढापाकाहरुको कथन छ । पछिल्लो चरणमा यहि भिउदुलोलाई अबलोकन गर्न पर्यटकहरुको बाक्लो उपस्थीती हुने गरेको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । रोकायाका अनुसार आन्तिरीक र बाहय पर्यटकका लागि पनि यो प्वाल अजिवको बनेको छ ।

भिमसेन थापाले जुम्लाकाे सिजाबाट हानेकाे ढुंगा

प्वालबाट देखिने बस्ती र दृश्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउछ । स्थानिय सरकार पर्यटनका आधारहरु तयार पारी यसको ब्यवस्थापन तर्फ लागि परेको रोकायाको भनाई छ ।

 भिउदुलो नजिकै सुनपानी, नुनखानी, थुम, थाक्नाको दर्शन ढुङ्गा खानी, छिन्ट्या ढुङ्गा र वाइथलामा पंचमी मेला लाग्ने देवीतीर्थहरू छन् ।