कालिकोटमा भीषण पहिरो, यस्तो छ क्षति विवरण
कालिकोट, कालीकोटको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा भिषण पहिराे गएकाे छ । पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्।
पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको काममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरोका कारणले ४ घर पूरै क्षति पुगेको अन्य २० घर निकै जाखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। शाहीले सुरक्षाकर्मि र नगरपालिकाकाे टिम उदारमा लागिपरेकाे समेत जानकारी दिए ।
‘सोमबार बेलुका ५ बजे बाढी पहिरो आएको कारणले मानवीय क्षति भएन’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ।’ बाढी र पहिरोका कारणले बालीगाड लघु जलविद्युत् आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको नगर प्रमुख शाहीले बताए।